• २५ वैशाख २०८३, शुक्रबार

स्कारपियोको ठक्करबाट महिलाको मृत्यु

blog

सपही चोकस्थित दुर्घटनास्थल ।

विजयकुमार साह 

ढल्केबर, वैशाख २५ गते । ढल्केबर–जनकपुर खडक खण्ड अन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका–४, सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट स्कुटीमा सवार एक महिलाको मृत्यु भएको छ । 

शुक्रबार ढल्केबरबाट जनकपुरतर्फ गइरहेको बा.प्र. ०१–०३१ च. ९०६३ नम्बरको स्कर्पियोले परीक्षणकालमा रहेको विद्युतीय स्कुटीलाई ठक्कर दिँदा स्थानीय ३० वर्षीया महिला पुनम साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले दुर्घटनामा परेर गम्भीर घाइते भएकी साहलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सले मृत घोषणा गरेको बताउनुभयो । पोस्टमार्टमका लागि मृतकको शव सोही अस्पतालमा राखिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्कारपियोका चालक विराटनगर महानगरपालिका–७, का ५२ वर्षिय नरेश राठीलाई नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।