• १२ मंसिर २०८१, बुधबार

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त

blog

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त

काठमाडौं, कात्तिक १९ गते । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू अहिले घरदैलोमा व्यस्त छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त हुनुहुन्छ । यसअघि पनि काठमाडौं क्षेत्र ५ को प्रतिनिधि रहनुभएका पोखरेल फेरि पनि प्रतिनिधि बनेर आउनुपर्ने अधिकांशको इच्छा छ ।

यसअघि पोखरेलले जितेपछि आफ्नो स्थानमा धेरै नै परिवर्तन आएको टोखा नगरपालिका वडा नम्बर ३ का एक स्थानीय बताउँछन् । ‘उहाँ जितेर आएपछि हाम्रो टोल नै उज्यालो भएको छ । अब पनि उहाँ नै हाम्रो प्रतिनिधि भएर आउनुपर्छ’– उहाँले भन्नुभयो ।

पोखरेलको कामबाट आफूहरू सन्तुष्ट रहेको यस क्षेत्रका स्थानीयहरू बताउँछन् । बाटो, विद्यालय, अस्पतालको निर्माण तथा स्तरोन्नति जस्ता अधिकांश कार्य पोखरेलको यसअघिको कार्यकालमा यस क्षेत्रमा भएको छ ।

‘उहाँले जितेर आएपछि सडक पनि धेरै राम्रो र सहज भएको छ । विशेषगरी पहिला यो क्षेत्रका भित्री सडकहरूमा साँझ परेपछि महिलाहरूलाई एक्लै हिँड्न डर लाग्ने स्थिति थियो । तर अहिले उहाँको कार्यकालमा सडकमा बत्ती, सिसी क्यामेरा राखिएको छ । जसले गर्दा निर्धक्क भएर रातको १२ बजे पनि हिँड्न सक्ने अवस्था बनेको छ’– अर्का एक स्थानीयले भन्नुभयो ।