• ९ जेठ २०८१, बुधबार

गृहमन्त्री खाणलाई सिङ्गो गाउँको साथ

blog

श्यामशंकर पाण्डे

लुम्बिनी, कात्तिक १९ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ । 

गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार खाण र प्रदेश सभा ३ एकका उम्मेदवार सन्तोष कुमार पाण्डेलाई समर्थन गर्दै उक्त गाउँ नेपाली कांग्रेसका प्रवेश गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो । 

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिबार आयोजित कार्यक्रममा १५१ जना पार्टी प्रवेश गर्दै नेपाली कांग्रेसको सदस्यता समेत लिएका छन् । प्रवेश गर्नेहरूमा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य अस्गर अलि फकिरलगायत रहेका छन् । उहाँले नेता खाण रुपन्देहीको मात्र नभई सिङ्गो मुलुकको नेता तथा यस क्षेत्रको अभिभावक समेत भएकाले गाउँले उहाँको पक्षमा समर्थन जनाएको जानकारी दिनुभयो । 

उनीहरूलाई पार्टी सदस्यता गर्दै गृहमन्त्री खाणले देश विकास सुशासनको अभियानमा लागेको गठबन्धनलाई विजयी गराउन जुट्ने सबैलाई धन्यवाद दिनुभयो । उहाँले कांग्रेस सबैको पार्टी र सबै अट्ने पार्टी भएको स्मरण गराउँदै आगामी दिनमा वर्तमान बेवास्ता बचाउँदै जनताको अवस्था बदल्ने अभियानमा सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो  ।