शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । विहान ११ बजे सुरु भएको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वार्षिक नीति २०८३–८४ बारेमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुने कार्यसूची छ ।
संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार वार्षिक नीति तथा कार्यक्रममाथि परेको संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, वार्षिक नीति तथा कार्यक्रम पारितका लागि संसद बैठकमा सभामुखले निर्णयार्थ पेश गर्नुहुने सूचीमा उल्लेख छ ।
सोहीअनुसार अर्थमन्त्री डा. वाग्लेले आ.व. २०८३–८४ का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची छ ।