• ३० वैशाख २०८३, बुधबार

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

blog

काठमाडौँ, वैशाख ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका प्रकाश अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा बुधबार जारी विज्ञप्ति अनुसार अधिकारीलाई सो जिम्मेवारी दिइएको हो ।