• ३० वैशाख २०८३, बुधबार

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

blog

सांकेतिक तस्बिर

काठमाडौँ, वैशाख ३० गते । वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार फरक–फरक मुलुक पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–२ घर भई हाल काठमाडौँको टोखा बस्ने ३७ वर्षीय सागर गौतम हुनुहुन्छ । उहाँले युएई पठाउने भन्दै पीडितबाट चार लाख ५८ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

त्यसैगरी, न्युजिल्यान्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ ठगी गर्ने दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम र क्यानडा पठाउने प्रलोभनमा २४ लाख रुपैयाँ ठगी गर्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ की ३७ वर्षीया सनम गुरुङ पक्राउ पर्नुभएको हो ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाउने भन्दै रकम असुल गरेर उनीहरू लामो समयदेखि सम्पर्कविहीन भएका थिए । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।