• ११ मंसिर २०८१, मङ्गलबार

अबको भिजन, गुणस्तरीय जीवन : ऊर्जा मन्त्री भुसाल

blog

ललितपुर, कात्तिक २० गते । विगतका निर्वाचनमा व्यक्त प्रतिबद्धताहरू अधिकांश पूरा गरेको भन्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल घरदैलोमा पुग्दा मतदाताले शुभेच्छा प्रकट गरिरहेका छन् ।

अधिकांश  प्रतिबद्धता पूरा भई जनताले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेको र आगामी दिनमा जनताको अपेक्षा सम्बोधन गर्न सक्ने नेतृका रूपमा मन्त्री भुसाललाई मतदाताले शुभकामना दिइरहेका छन् ।

शुक्रबारदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गर्नुभएका मन्त्री भुसालले आज ललितपुर महानगरपालिका वडा नं २३ र २४ मा मतदातासँग प्रत्यक्षरुपमा साक्षात्कार गर्नुभयो ।

घरदैलोका क्रममा मतदाताहरूले विकासप्रति प्रतिबद्ध नेतृलाई नीति निर्माण तहमा हस्तक्षेपकारी भूमिका खेल्न आग्रह गरेका छन् ।

गठबन्धनका साझा उम्मेदवारका रूपमा उहाँले वाम–लोकतान्त्रिक पार्टी सम्बद्ध शिक्षक सङ्घसङ्गठन, मिलनबस्ती टोल सुधार संस्थाका पदाधिकारी, सम्पूर्ण तमु समाज, ललितपुर र धापाहाइट विकास समाजसँग अन्तरक्रिया गर्नुभयो । सो क्रममा उहाँले आफू आगामी दिनमा जनअपेक्षा पूरा गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “म जनताको शिर झुक्न दिन्न”, उहाँले भन्नुभयो, “देश र जनताको स्वाभिमान सधैँ उँचो राख्नेछु ।”


–मतदातासँग उम्मेदवार भुसाल

ललितपुरवासीको गुणस्तरीय जीवन जीउन पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न आफ्नो ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । आफूले विगत पाँच वर्षमा ललितपुरको कला, संस्कृति, सम्पदाको संरक्षणमा सक्दो सहयोग गरेको बताउनुभयो ।

ललितपुरलाई उत्कृष्ट सहरका रुपमा व्यवस्थित गर्ने सुस्पष्ट योजनाका साथ आफू अगाडि आएको जनाउँदै उहाँले स्वच्छ पर्यावरणमा रम्न पाउने ललितपुरवासीको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल वस्तीमा जनअपेक्षाअनुसारका महत्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताउनुभयो ।

ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाँको दृढता छ ।


 –  ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुहुँदै

ललितपुरवासीको गुणस्तरीय जीवन जिउन पाउनुपर्ने अधिकारलाई कार्यान्वयन गर्न आफ्नो ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । आफूले विगत पाँच वर्षमा ललितपुरको कला, संस्कृति, सम्पदाको संरक्षणमा सक्दो सहयोग गरेको बताउनुभयो ।

ललितपुरलाई उत्कृष्ट सहरका रूपमा व्यवस्थित गर्ने सुस्पष्ट योजनाका साथ आफू अगाडि आएको जनाउँदै उहाँले स्वच्छ पर्यावरणमा रम्न पाउने ललितपुरवासीको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । उहाँले आफ्नो पहलमा ललितपुर क्षेत्र नं ३ का टोल बस्तीमा जनअपेक्षाअनुसारका महत्त्वपूर्ण काम भएका र बाँकी काम सम्पन्न गर्नका लागि आफू फेरि जनताको माझमा आएको बताउनुभयो ।

ललितपुरको कला, सम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जिउने आधार तयार गर्ने उहाँको दृढता छ ।

–मतदातासँग उम्मेदवार भुसाल