• १३ साउन २०८१, आइतबार

तस्करीका काठसहित एक पक्राउ, दुई फरार

blog

बर्दिबास ४ स्थित माइस्थान गहिरी टोलमा बरामद गरेका काठ नियन्त्रणमा लिँदै । तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, कात्तिक १९ गते । वन कर्मचारीको टोलीले तस्करीका काठसहित बर्दिबासबाट एकजनालाई नियन्त्रणमा लिएको छ भने दुई जना फरार छन् । ५८ वर्षीय शोभा थिङलाई काठ चिरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

डिभिजन वन प्रमुख (डिएफओा) सन्तोष झाकाअनुसार घटनास्थलबाट करिब ९० क्यूफिट बराबरका ६८ थान चिरान फल्ली र दुई थान गोलिया काठ बरामद भएका छन् । बरामद भएका सबै सखुवा जातका काठ रहेको उहाँले जनाउनुभयो । 

सुराकीको आधारमा वन अधिकृत कृष्णकुमार पटेलको कमाण्डमा रेन्जर सन्तोष यादव, सशस्त्र वन रक्षकसहित दर्जनभन्दा बढी वन कर्मचारीको टोलीले बर्दिबास ४ स्थित माईस्थान गहिरी टोलमा आज बिहान १० बजेतिर राम जिम्वाको घरमा बरामद गरेको हो । 


काठ चिरिरहेका श्याम पाचे र  घरधनी जिम्वा फरार रहेको डिभिजन वन कार्यालयले जनाएको छ । बरामद काठसहितका तस्करलाई माइस्थानस्थित सवडिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ । 

यसअघि गौशाला ८ ढल्केवर लिक टोलको आप बगैँचाबाट साल जातको चार थान र जङ्गली सिसौका तीन थान तथा बर्दिबास १४ स्थित बजारनजिकको बगैँचाबाट साल जातको छ थान गोलिया काठ बरामद गरेको वन कार्यालयले जनाएको छ ।