• ११ मंसिर २०८१, मङ्गलबार

४३ जनाको निःशुल्क आँखाको शल्यक्रिया

blog

आँखाको निःशुल्क शल्यक्रियापछि बिरामीहरूसहित स्वय्मसेवकहरू

गोरखापत्र अनलाइन

काठमाडौँ, कात्तिक १९ गते । एक कप अभियान अन्तर्गत उठेको चन्दाबाट यूथ आई सर्भिसले ४३ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । २६ औँ निःशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा शनिबार देशका विभिन्न स्थानबाट आएका बिरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।

काभ्रेपलान्चोक जिल्लासहित काठमाडौंको मनमैँजु, टोखा, बलम्बु, कीर्तिपुरलगायतका अति विपन्न बिरामीलाई सो सेवा दिइएको यूथ आई सर्भिसका अध्यक्ष सिद्धार्थ रञ्जितले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार विगतमा एउटा  आँखाको शल्यक्रिया गरेका केही बिरामीले पुनः अर्को आँखाको शल्यक्रिया गरेका छन् । सो शल्यक्रियामा जापानी राजदूतावासका परामर्शदाता डा. नाओको सिकागो उपस्थिति रहेको थियो ।

निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएपछि बिरामीहरू खुसी देखिएका छन् ।