• १६ भदौ २०८१, आइतबार

नेता नेपाल र गुप्ताबीच चुनावमा पुनः प्रतिस्पर्धा

blog

नेता नेपाल र नेता गुप्ता

यादवराज पुरी 

रौतहट, कात्तिक १९ गते । प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।

दोस्रो संविधानसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री नेपालसँग नेता गुप्ता तीन सय मतले पराजित हुनुभएको थियो । एमालेका तर्फबाट क्षेत्र नं. १ ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार राजकिशोर यादवसँगको सहकार्यमा अहिले नेता गुप्ता घरदैलो कार्यक्रममा व्यस्त रहनुभएको छ ।

उहाँ याे पटक  विगतमा भएकाे पराजितकाे बदला लिन चाहनुहुन्छ भने अध्यक्ष नेपाल पुनः विजयी हुन चुनावी मैदानमा जमेर लाग्नुभएकाे छ ।

सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका रेवन्त झाले अध्यक्ष नेपाललाई समर्थन गर्नुभएपछि अध्यक्ष नेपालकाे केही सहज हुने देखिन्छ तर साे क्षेत्रकाे चुनावी अङ्कगणित कस्ताे हुन्छ भन्न नसकिने पत्रकार महासङ्घ रौतहटका पूर्वअध्यक्ष शैलेन्द्र गुप्ता बताउनुहुन्छ ।