मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबिच गठवन्धन भएपनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडादौड प्रतियोगिताको आयोजना गरिने भएको छ । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समूह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।
दशैं र तिहार चाड मनाउन लागेको ऋण ५७ वर्षीय मेखलाल बोटे बालुवा सुन खोज्न नदीको किनारतिर लाग्नुभएको छ ।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रतिनिधि सभा पदका लागि बाँके क्षेत्र नं. १ का उम्मेदवार महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा हुनुहुन्छ । लामो समयदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उहाँ गृहजिल्ला बाँके पुग्नुभएकाे हाे ।
नेकपा एमाले बागलुङले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए जिल्लाका सबै स्थानीय तहमा प्राविधिक क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ ।
बाँकेको कोहलपुर–१३ मा पतिपत्नि रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय, कोहलपुरले दिएको जानकारीअनुसार कोहलपुर नगरपालिका १३ का ६० वर्षीय डम्बर बोहरा र ५७ वर्षीया पत्नी पावर्ती बोहरा घर नजिकैको रुखमा झुन्डिएको अवस्था आइतबार दिउँसो फेला परेका हुन् ।
धनकुटा नगरपालिका मुलघाटस्थित तमोर पुलबाट खसेर आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मुत्यु हुनेमा मुलघाटका करिब ६५ वर्षीय छत्रमुखी साङपाङ रहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सघाउने भन्दै नेकपा एमाले बैतडीका जिल्ला कमिटी सदस्य लक्षीराम विकको नेतृत्वमा वडा कमिटी उपाध्यक्षसहित १२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा तीनजना सदस्यहरूको उम्मेदवारी कायम रहेको जनाएको छ ।
जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । स्याङ्जाको आधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र वर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट सुचारु भएको शिलाशालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।
गत जेठ महिनाबाट काठमाडौं उपत्यकामा आउन छाडेको मेलम्चीको पानी एक महिनाभित्र उपत्यकामा ल्याउने गरी काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तकाअनुसार एक महिनाभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरणको प्रक्रिया थालिनेछ ।
नेपालगञ्जमा चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । आगलागीबाट ठूलो क्षति समेत पुगेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१६ मा स्थित गौरव नेपाल इन्जिनियरिङ प्रालि बन्द हुने अवस्थामा पुगेको छ । वि. सं. २०५४ देखि सो उद्योगले कङ्क्रिट मिक्सर मेसिन उत्पादन गर्दै आइरहेको छ । घर ढलानदेखि पुल, ढललगायत विकास निर्माणका लागि चाहिने कङ्क्रिट मिक्सर मेसिन यही उद्योगले व्यावसायिक उत्पादन गर्छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।
काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ ।