मिथिलाञ्चलको महानपर्वको रूपमा चिनिएको छठ पर्वको तयारी पूरा भएको छ । चार दिवसीय यस पर्वको मुख्य आकर्षण अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्नु रहेको छ । यसको लागि पोखरी, तलाउ, नदीहरू सरसफाइ गरी ती स्थलहरूमा सजाइने काम पूरा भइसकेको देखिएको छ ।
कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका वडा नं १० रानाबाडामा ब्यवारिसे अवस्थामा भेटिएको बम विस्फोटनमा परी तिनीहरूको ज्यान गएको हो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।
सहरी विकास मन्त्री एवं दाङ –१ का सत्ता गठबन्धनका साझा उम्मेदवार मेटमणि चौधरीले विकासका लागि हो भने आफूलाई निर्धक्क भोट हाल्न अनुरोध गर्नुभएको छ ।
बागमती प्रदेश सरकारले जिल्लामा साना र टुक्रे योजनामा बजेट विनियोजन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । प्रदेश सरकार गठन भएसँगै प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयले टुक्रे र साना योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने काम गर्दै आएका छन् ।
लिमी उपत्यकाको पैदल मार्गबाट टाक्चीमा पुगेको दुई जना पर्यटकलाई लेक लागेपछि उद्धार गरिएको छ । फ्रान्सेली नागरिक रोटेम पिटर र इजरेली नागरिक सहुल पिटर लेक लागेर बिरामी पर्नुभएको थियो । अहिले दुवै जनाको स्वास्थ्य सामान्य रहेको छ ।
राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना समयमै निर्माण थाल्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताउनुभएको छ ।
सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृशोक परेको छ । शाक्यका ७६ वर्षको उमेरका पिता धनज्योति शाक्य केही महिनादेखि मिर्गाैला रोगबाट पीडित हुनुहुन्थ्यो ।
पर्वतको जलजला ७ धाइरिङस्थित सल्यानको फाँटमा लगाइएको धान पाकेर सुनौलो देखिएका छ । यस फाँटको नाम पहेंलपुर फाँट हो ।
दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाउँदैछ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा भोलि (शनिबार) एकैसाथ जसपाले घरदैलो सुरु गर्दैछ ।
नेपाली कांग्रेसको आगामी निर्वाचनको संकल्पपत्र भोलि शनिबार सार्वजनिक हुँदैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बिहान १० बजे घोषणापत्र सार्वजनिक हुने मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।
मयुर नाचमा यहाँको तीन पुस्ता जुटेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा मयुर नाच संरक्षणका लागि १६ सदस्यीय टोली समेत तयार पारेर संरक्षणमा जुटेको हो ।
सेती नदी र सुर्नया नदीमा पुल नहुँदा यहाँका हजारौं स्थानीयको दैनिकी कष्टकर बनेको छ । सेतीको पुल २०७८ सालको बाढीले बगाएको हो भने सुर्नया नदीमा बन्न लागेको मोटरेवल पुल आठ वर्षदेखि अलपत्र परेको छ ।
भवन निर्माणमा पुरुषकै नेतृत्व प्रायःजसो भेटिन्छ । महिला मजदुर वर्गमै सीमित रहन्छन् । संरचना बनाउने जिम्मेवारी पुरुषले नै लिने गर्छन् । तर सुमन खाम्चा मगर भने पूर्वी पाल्पाकै एक्ली महिला निर्माण व्यावसायी हुनुुहुन्छ । अहिले उहाँलाई यस क्षेत्रमा भवन निर्माणको काममा भ्याइनभ्याई छ ।
श्रद्धा, भक्ति र सहिष्णुताको सङ्गम मानिने चार दिवसीय छठ पर्व शुक्रबारदेखि विधिवत् रुपमा शुरु भएको छ । सम्पूर्ण मनोरथ पूरा हुने तथा आरोग्य प्राप्त हुने कामना गर्दै छठ व्रतका व्रतालुहरुले शुक्रबार नहाखायबाट महानपर्व छठको शुरुवात गरेका हुन् ।