स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५०औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले डेंगु सङ्क्रमण विस्तारै घट्दै गएको र ५०औँ हप्तामा शून्यमा झर्ने मन्त्रालयले प्रक्षेपण गरेको जानकारी दिनुभयो ।
योगी नरहरिनाथ आश्रमस्थल चितवनको बागेश्वरीमा सोमबारदेखि त्रिदिवसीय गौं कथा महोत्सव सुरु गरिएको छ । वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका सदस्य रामप्रसाद ओस्तीका अनुसार गाईको धार्मिक महत्त्व र संरक्षणको लागि लक्ष्मी पूजा अर्थात् गाई तिहारको अवसर पारेर आश्रमले उक्त महोत्सव आयोजना गरेको हो ।
नेकपा एमाले र राप्रपाले पार्टी निर्णयविरुद्ध उम्मेदवारी दिएका आ–आफ्ना पार्टी सदस्यलाई कारबाही गरेको छ । पार्टी नीति विपरीत एमाले लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्य तीर्थ डाँगीले प्रदेश सभा सदस्यको लागि बाँके निर्वाचन क्षेत्र नम्बर– १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाले कारवाही गरेको एमाले बाँके उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहार र छठ पर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालन गर्न आग्रह गरेको छ ।
नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभामा रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्वार बन्नुभएका घनश्याम भुसालको सहयात्री अहिले कांग्रेस बनेको छ । निर्वाचन नजिकिँदै जाँदा भुसाल कांग्रेसका प्रदेश सभाका उम्मेदवारसँगै मत माग्दै घरदैलो गरिरहनुभएको छ ।
किसानलाई बाली भित्र्याउन यतिखेर चटारो छ भने उम्मेदवारलाई मत माग्न । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका उम्मेदवारहरु किसानको खेतवारीमा पुगेर मत माग्न थालेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारका लागि उम्मेदवार तथा राजनीतिक दलहरुलाई लिमी जान कठिन भएकहिमपातले हिमालपारीको गाउँ लिमी जानेबाट अवरुद्ध भएपछि प्रचार अभियानमा जान कठिन भएको हो ।
आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
गुल्मीको निर्वाचन क्षेत्र नं – २ का गठबन्धन दलका साझा उम्मेदवारहरुले संविधानको रक्षासँगै जनताको पक्षमा काम गर्नका लागि गठबन्धन भएको बताउनुभएको छ ।
प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको छ ।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुग्नुभएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ ।
नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्ता पक्षीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । तिहार सुरु भइरहे पनि काम तीब्र रुपमा निरन्तर भइरहेको आयोजनाले जनाएको छ । यसअघि दशैं नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।