काठमाडौं, कात्तिक ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तिहार र छठ पर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालन गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना निकाल्दै चाडबाड सुरक्षित तरिकाले जनस्वास्थ्यका मापदण्ड पालन गरेर मनाउन आग्रह गरेको हो ।
चाडपर्वको समयमा भिडभाड, चहलपहल बढी हुने भएकाले कोभिड – १९ सङ्क्रमण फैलन सक्ने सम्भावना बढी भएकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
आइतबार नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट 'एक्सबीबी' पुष्टि भएको छ ।
यो भेरियन्ट अन्य भेरियन्ट र सब भेरिएन्ट भन्दा बढी सङ्क्रामक भएको अध्ययनहरूले देखाएको छ ।