आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
गुल्मीको निर्वाचन क्षेत्र नं – २ का गठबन्धन दलका साझा उम्मेदवारहरुले संविधानको रक्षासँगै जनताको पक्षमा काम गर्नका लागि गठबन्धन भएको बताउनुभएको छ ।
प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचदलीय गठबन्धनद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्न यहाँ आइपुग्नुभएको छ ।
बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन लेबर पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुग्नुभएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गर्नुभएको छ ।
नाइजेरियामा अधिकांश बालबालिकासहित २५ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफले जनाएको छ । प्रभाबितमध्ये ६० प्रतिशत बालबालिका रहेको र विगत एक दशकको सबैभन्दा भीषण बाढीका कारण पानीजन्य रोग, डुब्ने र कुपोषणको उच्च जोखिममा रहेको युनिसेफले चेतावनी दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगमनविरुद्ध सत्ता पक्षीय गठबन्धन निर्माण भएको बताउनुभएको छ । शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा आइतबार यहाँस्थित आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्धारित समयमा काम सम्पन्न गर्न तिहारमा पनि तनहुँ जलविद्युत आयोजनाको काम रोकिएको छैन । तिहार सुरु भइरहे पनि काम तीब्र रुपमा निरन्तर भइरहेको आयोजनाले जनाएको छ । यसअघि दशैं नेपालीको ठूलो चाड दशैंमा समेत आयोजनाले कामलाई निरन्तरता दिएको थियो ।
इटालीमा पहिलो प्रधानमन्त्रीको रुपमा जर्जिया मेलोनी निर्वाचित हुनुभएको छ । ४५ वर्षीय मेलोनीले दोस्रो विश्व युद्धपछि इटालीमा पहिलोपटक चरम दक्षिणपन्थी नेतृत्वको सरकार गठन गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले शनिबार सी जिनपिङको नेतृत्वमा रहेको 'मूल स्थिति' लाई समर्थनसहित पारित गरेको छ । जारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनको समापनपछि उहाँ तेस्रो कार्यकालमा निर्वाचित हुने लगभग निश्चित छ।
प्रतिनिधिसभा र प्रदेशसभामा दैलेख जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा पुरानै अनुहार दोहोरिएका छन् । दैलेख निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका रविन्द्रराज शर्मा प्रतिनिधिसभामा पुनः दोहोरिनु भएको छ भने सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका अम्मरबहादुर थापा चौंथो पटक निर्वाचन लड्दै हुनुहुन्छ ।
सडक भासिएर र ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध बनेको तनहुँको दक्षिणी भेगमा पर्ने शृङ्गपथ दश दिनपछि सुचारु भएको छ । लामो समयदेखि यातायात आवागमन बन्द हुँदा खाद्यान्न ढुवानी र आवतजावतको लागि समस्या परेको थियो ।
रोजगारीका लागि भारत गएको छोरा बेपत्ता भएपछि ६० वर्षीय कृष्ण लावड बुढेसकालमा लौरो बेचेर चाडबाड खर्चको जोहो गर्दै आउनुभएको छ । लावडको बस्ने घर चट्याङले ध्वस्त बनाएको छ ।
बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सुदिपनरसिंह राणा, जसपाका उम्मेदवार पूर्व मन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका डा. धवलशम्सेर राणा प्रत्यासी हुनुहुन्छ ।
पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक सङ्कटमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण निजी क्षेत्र पलायन हुने अवस्था आएको आरोप लगाउनु भयो ।