नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले स्कोरले हरायो ।
दाङमा सशस्त्र प्रहरीले पटका बरामद गरी नष्ट गरेको छ । शुक्रबार र शनिबार गरी पूर्वपश्चिम राजमार्गको धानखोला लमही सडकखण्डमा चेकजाँचको क्रममा पटका फेला पारी बरामद गरिएको थियो ।
दाङ देउखुरीका बाढी पीडितलाई सहरी विकास मन्त्री मेटमणि चौधरीले राहत उपलब्ध गराउनुभएको छ । देउखुरीका चारवटै स्थानीय तहमार्फत् एकद्वार प्रणालीबाट वितरण हुने गरी राहत पालिकालाई हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेशका विभिन्न जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । भगवतिमाई गाउँपालिका १ बाबियातडामा बस्ने ४० घरधुरीका १४४ जनालाई शुक्रबार गुराँस गाउँपालिका –८ ले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
चन्द्रकोट गाउँपालिकाका वडा नम्वर ७ का उमाकान्त भण्डारीले आफूहरुले लगाएको अन्नबाली बाँदरले सखाप पारिदिएपछि बाँदर नियन्त्रण गरिदिन उम्मेदवारहरुसँग माग गर्नुभएको छ ।
जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने जगनाथ गाउँपालिका वडा नं –२ को चार गाउँका २४ घर पूर्णरुपमा भत्किएका छन् । जगनाथ गाउँपालिका वडा नं –२ को काँडाकोट, लुमा, हुनी, बस्केना र शेरा गाउँका २४ परिवारले बास बस्दै आएको घर अविरल वर्षाका कारण आएको बाढीपहिरोले भत्काइदिएपछि अहिले ती परिवारहरुलाई कहाँ गएर बस्न भन्ने समस्या भएको हो ।
कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको छ । स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले विस्तारै हिँड्दै गरेको अवस्थामा सुनगोहोरालाई देखेका थिए ।
बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताउनुभयाे ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । अधिकांश बागीहरुले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकंलन गरिएको छ ।
नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।
पूर्वी नवलपरासीमा धानबालीमा विभिन्न किसिमका रोग र कीराको प्रकोप देखिएको छ । किसानले लगाएका धान बालीमा विभिन्न रोग र कीराले बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् ।