नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागी हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ ।
सत्ता गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र न. १ का प्रदेशसभा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका पूर्वपार्टी सभापति कृष्ण बहादुर बिसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य टेकबहादुर खानको उम्मेदवारी कायम रहेको छ ।
ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरू ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन् ।
पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो ।
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार यथावत् राखेको छ । गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी बुधबारसम्म फिर्ता लिने समय भए पनि उक्त पार्टीले उम्मेदवार यथावत राखेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित एक घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा झण्डै ५५ लाख रूपियाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको उक्त आगलागीको घटनामा मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ 'दीपक मनाङे' निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङे हाल गण्डकी प्रदेश युवा तथा खेलकूद मन्त्री हुनुहुन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ ।
राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्गकङ्गमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवद्र्धन गर्न १२ दिनको चक्रीय धवलागिरि पदयात्राको आयोजना गरिएको हो । पदयात्राले राउण्ड धवलागिरिको पर्यटन प्रवद्र्धन टेवा मिल्ने विश्वास गरिएको छ ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारका ४० घर मुनिबाट पहिरो बगेको छ । गत बुधबारबाट लगातार परेको पानीले मान्म बजारका ४० भन्दा बढी घर उच्च जोखिममा रहेका छन् । खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीलगायतका दश घर पहिरोको उच्च जोखिममा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पूर्वी नवलपरासीमा एकै घरका दुईजनाले उम्मेद्वारी दिनुभएको छ । नेकपा एमालेबाट रोशनबहादुर गाहा (थापा) र छोरा इश्वरजङ्ग थापामगरले स्वतन्त्र रुपमा नवलपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा उम्मेद्वारी दिनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले बताउनुभयो ।
गत बुधबारबाट लगातार परेको पानीले सुर्खेत–जुम्ला सडकखण्ड पर्णरुपमा बन्द भएको छ । कर्णाली लोकमार्गको सयौँ ठाउँमा झरेको पहिरोले सडक पूर्णरुपमा बन्द भएको हो । लोकमार्गको कालीकोट खण्डमा मात्र ५० ठाउँमा पहिरो र बाढीले सडक कटान गरेको छ । कालीकोट खण्डको सेरीघाट पुलको दायाँतिर पचास मिटर सडक तिला नदीले बगाएकाले वैकल्पिक सडकको प्रयोग समेत बन्द भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुरको एकै वडाबाट नौ जनाले उम्मेदवारी दिएका छन् । कावासोती नगरपालिकाको वडा नं. ८ बाट मात्रै नौ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि बाँके जिल्लाबाट तीन मन्त्रीसहित ९९ जनाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दर्ता गराउनेहरुमा दुई जना सङ्घीय मन्त्री र एक जना प्रदेश सरकारका मन्त्री हुनुहुन्छ भने दुई जना महामन्त्री र सहमहामन्त्री हुनुहुन्छ ।