बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको शनिबार भएको लिगचरणको खेलमो त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० ले हराएको छ । आर्मीले कर्णालीलाई २५–१२, २५–१३, २५–१२ को जित निकालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताउनुभयाे ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । अधिकांश बागीहरुले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकंलन गरिएको छ ।
नेपालमा डेंगु सङ्क्रमणबाट ४७ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का अनुसार नेपालमा ४७ जनामा डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।
झापाको चारकोसे झाडीको रुपमा परिचित जलथल वनको जैविक विविधताको विस्तृत अध्ययन गर्ने क्रममा यहाँभित्र विभिन्न प्रकारका नयाँ खोजहरु पत्ता लागेको जनाइएको छ । रूखका छ वटा र अन्य साना वनस्पतिका तीन वटा नयाँ प्रजातिहरु फेला परेको बताइएको हो ।
पूर्वी नवलपरासीमा धानबालीमा विभिन्न किसिमका रोग र कीराको प्रकोप देखिएको छ । किसानले लगाएका धान बालीमा विभिन्न रोग र कीराले बालीमा क्षति गरेपछि किसान चिन्तित बनेका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागी हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ ।
सत्ता गठबन्धनबाट दैलेख निर्वाचन क्षेत्र न. १ का प्रदेशसभा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका पूर्वपार्टी सभापति कृष्ण बहादुर बिसीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य टेकबहादुर खानको उम्मेदवारी कायम रहेको छ ।
ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक सिकारीहरू ढोरपाटन सिकार आरक्षको सिकार ब्लकमा पुग्न थालेका हुन् ।
पहिरोले बढी क्षति भएको जिल्लाका दुई स्थानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीसहितको टोलीले स्थलगत अवलोकन गरेको छ । वर्षाले बढी क्षति पुगेको माण्डवी गाउँपालिका–२ धनचौर र ऐरावती गाउँपालिका–४ तिग्रापातालको बस्तीमा पुगेर टोलीले अवलोकन गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभएको हो ।
सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार यथावत् राखेको छ । गठबन्धनको निर्णय विपरीत दिएको उम्मेदवारी बुधबारसम्म फिर्ता लिने समय भए पनि उक्त पार्टीले उम्मेदवार यथावत राखेको हो ।
गुल्मीको रेसुङ्गा नगरपालिकास्थित एक घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा झण्डै ५५ लाख रूपियाँ बराबरको क्षति भएको छ । बुधबार साँझ भएको उक्त आगलागीको घटनामा मानवीय र चौपायाको क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।