जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
पछिल्लो २४ घण्टामा एक हजार १८ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार सात सय पुगेको छ । यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण ९एनडिएमए० ले बिहीबार राति जनाएको छ ।
इक्वेडरको एक जेलमा भएको दङ्गामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन् ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य ताथा जनसंख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘रामराज्य रथयात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ आज जलेश्वर आइपुगेको हो ।
अत्यधिक वर्षाका कारण जिल्लाको माण्डवी गाउँपालिका–४ फरिण्डेमा पहिरोले चार घर पुरिएको छ । स्थानीय बोमबहादर बुढामगरको घर सहित चार घर पहिरोले पुरिएको वडा अध्यक्ष डिलबहादुर घर्तिले बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालुवाटार बैठकमा जुटेका छन् । लोसपा नेता लक्ष्मणलाल कर्णले पार्टीका केही नेताहरु बालुवाटार बैठकमा जुट्नुभएको जानकारी दिनुभयो ।
धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा रहेका छन् ।
अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी रहेको छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले यस वर्ष चाडपर्व विशेष चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रम गर्दै आएकोमा यस वर्ष सो दिन आगामी निर्वाचनको उम्मेदवार चयनको मिति रहेकोले सो कार्यक्रम स्थगन भएको जानकारी दिनुभयो ।
प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो। प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।
हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।