धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ९ मा आफ्नै बुवाले छोराको हत्या गरेका छन् । हत्या हुनेमा पाख्रिवास ९ का ३० वर्षीय सन्तोष ठाडा रहेका छन् ।
अविरल वर्षासँगै पहिरो जाँदा देशभर विभिन्न सडकखण्डहरु अवरुद्ध भएका छन् । केही खुलेका छन् भने केही खुल्न बाँकी रहेको छ । अहिले देशभर धेरै ठाउँमा सडक अवरुद्ध छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले यस वर्ष चाडपर्व विशेष चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिनमा चियापान कार्यक्रम गर्दै आएकोमा यस वर्ष सो दिन आगामी निर्वाचनको उम्मेदवार चयनको मिति रहेकोले सो कार्यक्रम स्थगन भएको जानकारी दिनुभयो ।
प्यूठान भालुबाङ सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्व भएको हो। प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गतको खहरेखोला, सिमलचौर, चेरनेटा आसपासका विभिन्न ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ ।
हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु तेल्लाबुङका ७५ वर्षीय मुकुन्द थोप्रा लिम्बू बिहीबार राति मृत फेला परेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गर्नुभएको हो ।
अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अबरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अबरुद्ध बनेको छ ।
अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् । अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि पहिरो गएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।
अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।