स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गर्नुभएको हो ।
अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अबरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अबरुद्ध बनेको छ ।
अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् । अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि पहिरो गएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।
अफ्रिकामा आत्महत्याको दर विश्वमै अन्यत्रभन्दा बढी भएकाले यसलाई रोक्नका लागि विशेष चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले यहाँ चेतनामूलक अभियान सञ्चालन गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा विश्वमै सबैभन्दा धेरै आत्महत्याको दर रहेको भन्दै यो अभियान थालेको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।
कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ ।टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो । टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो ।
भारतको उत्तराखण्डमा एक बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको बताइएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार साँझ दिएको जानकारीमा सो दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
काठमाडौं महानगरपालिका–३ महाराजगञ्जस्थित सडकमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने, एक जना घाइते भएका छन् । बिहीबार बिहान बा ४२ प ३३१४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै एक जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा गएको सोमबार एक आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले एकजनालाई झापाको बिर्तामोड र अर्कोलाई फुङ्लिङ बजारकै हेलिप्याड क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएका छन् । नारायणी नदीमा जलको बहावका कारण जोखिम बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खड्काले बताउनुभयो ।