ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा गएको सोमबार एक आईएमई लुटपाटमा संलग्न थप दुईजना पक्राउ परेका छन् । प्रहरीले एकजनालाई झापाको बिर्तामोड र अर्कोलाई फुङ्लिङ बजारकै हेलिप्याड क्षेत्रबाट बुधबार साँझ पक्राउ गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचदलीय गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ ।
दुई दिनदेखि परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएका छन् । नारायणी नदीमा जलको बहावका कारण जोखिम बढेपछि गण्डक ब्यारेजका सबै ३६ वटै ढोका खोलिएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खड्काले बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले मंगलबार रातिबाट परेको निरन्तरको वर्षाका कारण गएको बाढी, पहिरो र डुवानपीडितलाई यथाशक्य उद्धार, उपचार, राहतको व्यवस्था गर्न गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुभएको छ ।
नारायणगढ मुग्लिन सडकको पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गमा खसेको लेदो माटोसहितको पहिरो पन्छाएर केहीबेर अघिदेखि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।
आर्थिक अभाव हुन थालेपछि ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा प्रत्येक वर्ष मनाइँदै आएको खड्ग जात्रा थेग्न मुस्किल हुँदै आएको छ । देसमा गणतन्त्रको स्थापना भएपश्चात् गुठियारहरुले कुत बुझाउन छाडेपछि यो जात्रा सञ्चालन गर्न आर्थिक सङकट पर्दै आएकोमा भीमेश्वर पूजा तथा गुठी व्यवस्थापन समितिले बाजागाजालगायतका लागि करिब साँढे तीन लाख रुपियाँ सहयोग गर्दै सञ्चालनमा आएको सचिव सुरेशकुमार श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा रहेका युवाको सहयोगमा रामपुर बजारमा सडक बत्ती जडान गरिएको छ । रामपुर ३ जाल्पेमा जनज्योति युवा क्लबको पहलमा वैदेशिक रोजगारीमा रहेका युवाबाट सङ्कलित रकमबाट सडक बत्ती जडान गरिएको हो ।
दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित रहेका पाइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बिया सरकार र यहाँका विदोहीहरुलाई शान्ति वार्ताका माध्यमबाट शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । महासचिव गुटरेसले यहाँको सरकार र यहाँ विद्रोह गरिरहेको नेसनल लिबरेसन आर्मी (इएलएन) लाई सो आग्रह गर्नुभएको हो ।
भारतको उत्तराखण्डकाे पाैरी गरवालमा भएको सडक दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दशैं टीका ग्रहण गर्नुभएको छ ।
वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललितपुरको खुमलटारस्थित निजी निवासमा दशैं मनाउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले दशैं टीमा ग्रहण गर्नुभएको छ । गृहजिल्ला झापामा बुवा मोहनप्रसाद ओलीको हातबाट टीका तथा आशिर्वाद ग्रहण गर्नुभएको हो ।