सोमबार दशैँको महाअष्टमीको दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तर तर्फ रहेको मन्दिरमा अष्टमी मेला लाग्ने र राँगा बोको बली दिने प्रचलन रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिुभयो । उहाँका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ भने दशैँको दिन पनि भव्य पूजाआजा गरिन्छ ।
कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डंगोलले सृजना गर्नुभएको ३५ थान चित्रहरु प्रदर्शित छन् ।
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
चाडपर्वको बेला पाल्पाबाट सात करोडको खसी–बोका बाहिरी जिल्लामा निकासी भएको छ । जिल्लाका विभिन्न स्थानबाट मासुका लागि दशैंतिहारको समयमा सात करोड बढीको जिउँदो खसी–बोका जिल्ला बाहिर निकासी भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा बासी,सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो ।
कपिलवस्तुको पर्यटकीयस्थल अरौराकोट संरक्षणको पर्खाइमा रहेको छ । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको पर्खाइमा रहेको हो । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
काठमाडौँ महानगरपालिकाले दशैँ पर्वका समयमा सहरी सरसफाई र फोहोर व्यवस्थापनलाई नियमित गर्ने योजना बनाएको छ । वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईकाअनुसार कर्मचारीको विदा, पर्वमा उत्पादन हुने फोहोरको प्रकृति र ल्याण्डफिल साइटका स्थानीयको मागलाई व्यवस्थापन गर्दै फोहोर संकलन, ढुवानी र अन्तिम विसर्जनको काम नियमित गर्ने योजना बनाइएको हो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा – ३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।
जिल्लाको सन्धिखर्क नगरपालिका ९ नौलापानीस्थित थेरवाङको सिँचाइ पोखरीमा २७ वटा बाँदर मृत भेटिएका छन् । जंगलको बीचमा रहेको पोखरीमा मृत अवस्थामा २७ बाँदर भेटिएको डिभिजन वन कार्यालयका फरेष्टर दिपक पाण्डेले बताउनुभयो ।
नवीन शिशिर विक बागलुङ, असोज १५ गते । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटको कुमार राना तीन वर्ष अघि वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो । विश्वव्यापी फैलिएको कोरोनाको कारण उहाँले वैदेशिक रोजगारी गुमाउनुभयो । कामविहीन भएपछि उहाँ नेपाल फर्कन बाध्य हुनुभयो । नेपाल फर्के पनि उहाँ बेरोजगार नै बस्नुपर्यो । गाउँघरमा रोजगारका अवसर प्राप्त नभएपछि उहाँले फेरि विदेश जाने योजना बनाउँदै हुनुहुन्थ्यो । तर गाउँपालिकाले रानालाई स्वरोजगार बन्ने अवसर दिएको छ । महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाउनुभएको हो । कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरूका लागि गाउँपालिकाले अटो–रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो ।गाउँपालिकाभित्रै चल्ने गरी गाउँपालिकाले दुई जना युवालाई ७५ प्रतिशत अनुदानमा अटो–रिक्सा उपलब्ध गराएको छ । चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै महारीमा रोजगारी गुमाएकालाई अटो–रिक्सा अनुदान दिने कार्यक्रम गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले धुल्लुबास्कोटका कुमार र होमबहादुर रानालाई अनुदानको रिक्सा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएका अटो–रिक्सा गाउँपालिकाभित्रका मुख्य बजार र बस्तीहरूमा चल्नेछन् । ‘युवालाई स्वरोजगार बनाउने र ग्रामीण बस्तीमा सहज यातायात सेवा पुर्याउने दुवै योजना हो’’ अध्यक्ष शर्माले भन्नुभयो–‘हामीले सबै नागरिकको हित हुने क्षेत्रमा नै लगानी गरेका छौँ ।’पर्याप्त सवारीसाधनको अभावमा बरेङ गाउँपालिकाका गाउँहरूमा छोटो दुरीको यात्रामा सर्वसाधारणले सवारी साधन नपाउने समस्या थियो । भाडादर गाउँपालिकाले तोकेर अटो–रिक्सा सञ्चालनमा ल्याएपछि सबै सर्वसाधारणलाई आवतजावतमा सहज हुने शर्माले बताउनुभयो । अनुदानमा अटो–रिक्सा वितरणका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेको थियो । वडा कार्यालयको सिफारिस, वैदेशिक रोजगारमा बिताएको समय, कोभिड–१९ का कारण प्रभावित भई उपचार गरेको प्रमाण, १८ देखि ४० वर्ष भित्रको उमेर समूह, अशक्त भई अन्य पेसा व्यवसाय गर्न नसकेकोलगायतका मापदण्डका आधारमा उहाँहरूलाई अनुदान उपलब्ध गराएको शर्माले बताउनुभयो । गाउँपालिकाले निर्धारण गरेको रुटमा अटो सञ्चालन हुनेछन् । खरिदमा मात्रै अनुदान दिइएकाले गाउँपालिकासँग भएको सम्झौताका आधारमा अटो–रिक्सा सञ्चालन, मर्मत र इन्धनको व्यवस्थापन अटो–रिक्सा सञ्चालक आफैँले गर्नुपर्नेछ । पाँच लाख ८९ हजार नौ सय पर्ने अटो–रिक्साको लागि व्यवसायीले एक लाख ४७ हजार ४७५ र बाँकी रकम गाउँपालिकाले भुक्तानी गरेको छ ।अटो–रिक्सा हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष । नवीन शिशिर विक
नवीन सुवेदीसुर्खेत, असोज १५ गते । कर्णालीमा चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशभर चार हजार १४१ जना प्रहरी परिचालन गरिएको छ भने सुर्खेतमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी माधवप्रसाद श्रेष्ठका अनुसार सुर्खेतमा सुरक्षा व्यवस्थालाई कडा पार्न दुई वटा तालिम प्राप्त कुकुर सुर्खेत ल्याइएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आपराधिक क्रियाकलाप बढी हुने गरेका छन् भने लागूऔषध कारोबार पनि धेरै हुने गरेको प्रहरीको निष्कर्ष छ । सोही कुरालाई विचार गरेर एउटा लागू औषध .सम्बन्धी र एउटा विस्फाेटक पदार्थ, हातहतियारसम्बन्धी चेकजाँच गर्ने कुकुर ल्याइएको श्रेष्ठले बताउनुभयो । कर्णालीको प्रवेशद्वार भनेको बबई, छिन्चु हो ।चाडपर्वको समयमा कुनै हातहतियारहरू, विस्फोटक पदार्थ र लागूऔषध कारोबार हुन्छ कि भनेर पूर्व तयारीस्वरुप कुकुर परिचालन गरिएको छ । शुक्रबार छिन्चु कोहलपुर–सुर्खेत वीरेन्द्रनगर, सल्यान, जाजरकोट जाने सवारी साधनको चेकजाँच गरिएको थियो भने शनिबार राजधानी वीरेन्द्रनगरमा कुकुर ल्याइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार सुर्खेत बाहेक अन्य जिल्लामा कुकुर परिचालन गरिने छैन । अन्य जिल्लाहरूमा सुरक्षा व्यवस्थालाई कडा पार्नका लागि प्रहरी परिचालन गरिएको छ ।दसैँको समयमा कसैले हातहतियारहरू, विस्फाेटक पदार्थहरू ओसारपसार हुन सक्छ कि भनेर कुकुर परिचालन गरिएको उहाँले बताउनुभयो ।
नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।
पछिल्ला वर्षमा कृषि क्षेत्रमा युवाको आकर्षण बढ्दै गएको छ । स्वदेशमै रहेका वा विदेशबाट फर्किएका युवा पनि कृषि उद्यमलाई प्राथमिकतामा राखेर मेहनत गरिरहेका छन् । कृषिमा सम्भावना देखेर सिन्धुपाल्चोकको भोटेचौरमा २५ युवाको समूहले व्यावसायिक रुपमा अग्र्यानिक कृषि फार्म सञ्चालन गरिरहेका छन् ।
मनोजरत्न शाही/केशब गुरुङ्ग काठमाडौँ, असोज १४ गते । हिन्दुहरूको पर्व विजयादशमी नजिकिएसँगै आफन्तजनको हातबाट टीका थाप्नका लागि घर जानेहरूको लर्को लाग्न थालेको छ । यो सातादेखि काठमाडौँ उपत्यकाबाट दैनिक सयौँको सङ्ख्यामा घर जाने गरेका छन् ।
गीतकार तथा ललितपुर महानगरपालिकाका वडा नम्बर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यको ‘लिक्क वयाः’ नामको म्यूजिक भिडियोको प्रिमियर शो भएको छ ।