• १६ चैत २०८०, शुक्रबार

बासी र सडेगलेका खाना नखान स्वास्थ्य मन्त्रालयको आग्रह

blog

काठमाडौं, असोज १६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको बेलामा  बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । 

मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै चाडपर्वको बेलामा बासी, सडेगलेका र झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको हो । 

मन्त्रालयले खानकुरा राम्रोसँग पकाएर मात्र खाने र पकाएका खानेकुरालाई छोपेर राख्न आग्रह गरेको छ । 

साथै, चिल्लो एवम् बोसोयुक्त, गुलियो, चिसो पेयपदार्थ तथा नुन कम खान मन्त्रालयको सुझाव छ । 

पोसिलो, ताजा तथा स्वस्थ खानेकुरा जस्तै हरिया सागपात फलफूल, दाल तथा गेडागुडी, पशुपन्छीजन्य तथा दूधजन्य खानेकुरा खान जोड दिएकाे छ। 

मदिरा सेवन नगर्न पनि मन्त्रालयको विशेष आग्रह छ । साथै, पाकेको र काँचो खानेकुरालाई छुट्टाछुट्टै भण्डारण गर्न, खाना पकाउन, खुवाउन र खान अघि साबुनपानीले हात मिचिमिची  धुन मन्त्रालयको सूचनामा उल्लेख छ । 

दशैँ मनाउँदै गर्दा कोभिड – १९ विरुद्धका जनस्वास्थ्यका मापदण्ड पालन गर्न र डेंगु रोगबाट बच्नकाे लागि लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु अपनाउन पनि आग्रह गरेको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।