महोत्तरीको बर्दिवास नगरपालिका – ५ बेलगाछीस्थित पूर्वपश्चिम लोकमार्गको जङ्गली क्षेत्रमा आइतबार मध्यराततिर सवारी दुर्घटना हुँदा ५ महिलासहित १५ जना यात्रु घाइते भएका छन् ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका – ५ स्थित सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकलले कुकुरलाई बच्चाउने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुु भएको हो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिहरुको अभाव भएको छ । गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
बाँकेका उर्दु साहित्यकारहरुको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दु मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् ।
सरकारले अल्पसङ्ख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । हालै बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सूचीकृत गरेको हो ।
पपुवा न्युगिनीमा आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिकस्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त अधिराज्य (बेलायत) का महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
। कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ ।
मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकहरुमा आवागमन सहज बनाउन सडक खालि गराउने अभियान संचालन गरेका छन । स्थानियहरुले सडकमा जथाभावी सरसमानहरु थुपार्नुका साथै घरपालुवा जनावर समेत सडकमै बाध्ने गर्नाले अवागमनमा कठिनाई हुँदै आएको गुनासो पछि नगर प्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खालि गराउने अभियमान शुरु गरिएको हो ।