• १३ साउन २०८१, आइतबार

सदगुरूद्वारा सिमकोट विमानस्थलमा प्रवचन

blog

सदगुुरुद्वारा सिमकोट विमानस्थलमा प्रवचन दिनुहुँदै, तस्विर–राजन रावत

राजन रावत 

हुम्ला, भदो २७ गते । सदगुरू ( जग्गी वासुदेव ) ले सिमकोट विमानस्थलमा धार्मिक पर्यटक र सर्वसाधारणका लागि प्रवचन दिनुुभएको छ । लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता हुने क्रममा उहाँले सो प्रवचन दिनुुभएको हो । 

सदगुुरुद्वारा दिइएको प्रवचनमा दुुई सयभन्दा बढी पर्यकटहरु र हुुम्लावासीको सहभागिता थियो । उहाँले सो प्रवचन हिन्दी र अङ्ग्रेजी भाषामा दिनुभयाे ।

 उहाँले प्रवचनका क्रममा अग्लो क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरिसकेपछि अलौकिक आनन्दको अनुुभूति भएको र यो सबैले गर्न आवश्यक रहेको बताउनुुभयो । आधा घण्टाको प्रवचनपछि उहाँ हेलिकोप्टरबाट सुर्खेत लाग्नुुभयाे ।