गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।
रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ मा सहयोग र सहकार्य गर्ने पालिकाहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमाल सरसफाइमा सहयोग गर्ने यहाँको फक्ताङ्लुङ गाउँपालिकालाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको हो ।
बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीन दिने अल्टिमेटम समेत दिइएको छ ।
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।
नहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारको गणेशटोलमा रहेको म्याग्दी उद्योग वाणिज्य संघको भवनको भुइँतलामा पछिल्लो १५ दिनदेखि भित्तामा घोत्लिएर दिनभरी एक युवाको समय बित्ने गर्छ । मानिसहरु बाहिरी दुनियाँसँग रमाइरहेकाबेला ग्राउण्ड फ्लोरको भित्तामा पेन्सिलले आकृति कोर्ने र रङ भरेर आकर्षक चित्र बनाउने कार्यमा लागिरहेका युवा हुनुहुन्छ अशोक किसान ।
प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा विभिन्न राजनीतिक पार्टीहरुले पूरानै नेताहरुलाई सिफारिस गरेका छन् । केही नयाँ सिफारिस भए पनि टिकट पाउने सम्भावना भने न्यून रहेको बताइएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी पुगेका छन् । देवचुली नगरपालिकाभित्र रहेका करिब तीन हजार तीन सय जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि यतिबेला स्वास्थ्यकर्मीहरु घरमै पुगेका छन् । नगरपालिकाले देवचुलीका १७ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण र औषधि उपचार गरिरहेका छन् ।
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २२ गते । जङ्गली हात्तीकाे एक जोडीले गौशाला नगरपालिका १० बटौवाका दुई घरमा क्षति गर्नुका साथै बालीनाली सखाप पारेको छ । हात्ती धपाउने क्रममा स्थानीय कामेश्वर यादवलाई सर्पले डसेपछि अर्को समस्या खडा भएको थियो । उहाँलाई राति नै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको वडाध्यक्ष विष्णुकुमार महतोले जनाउनुभयो । स्थानीयका अनुसार मङ्गलबार साँझतिर लक्ष्मिनियाको जङ्गलमा देखापरेका हात्तीले रातको समय बस्ती प्रवेश गरी पहिले पूजन महतो र त्यसपछि छिमेकी जयवीर महतोको घर भत्काएकाे थियो । भित्र प्रवेश गरेका हात्तीले अन्नपातसमेत खानुकाे साथै भुइँभर छरेर नष्ट पारेको पीडितले जनाएका छन् । महिला तथा बालबालिकालाई राति नै सुरक्षितस्थलतर्फ पठाइएको वडाध्यक्ष महतोले जनाउनुभयो । जतिसुकै गर्दा पनि हात्तीले गाउँ छाड्ने मनसाय नदेखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए ।कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार टर्च र दर्जन जति मोटरसाइकलको लाइट बालेपछि हात्ती पश्चिमतर्फ लागेका थिए । अहिले ती जोडी सागरनाथ वनविकास परियोजनाको जङ्गल हुँदै सर्लाहीतर्फ लागेको अनुमान गरिएको छ ।गाउँले र प्रहरीको लामो प्रयासपछि बुधबार बिहान ३ बजेतिर पश्चिम लागेका हात्तीले बाटो छेउछाउका बालीनालीमा क्षति पु¥याएको छ । गाउँलेका अनुसार रामजतन महतोको ३ कट्ठाको धानबालीका साथै रामनारायण सहनीको २ कट्ठाको उखु खाई उखेलेर क्षति पु¥याएको छ । अघिल्लो रात सोही हात्तीका जोडीले बर्दिबास नपा-२ हङकङडाँडा र वडा नं ८ स्थित लोपचन टोल तथा भवसी टोलका नाै घरमा क्षति पुराएका थिए । प्रत्यक्षदर्शीका अनुसार बर्दिबासबाट निस्केका ती हात्ती मडाहा खोलाको बाटो हुँदै टौवा प्रवेश गरेका थिए ।
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो । पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।
राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरु झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।