सरकारले अल्पसङ्ख्यक जातीय समूहमा राखेको राई जातिभित्रको कुलुङलाई जनजाति समूहमा सूचीकृत गर्ने प्रक्रिया सुरु भएको छ । स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै कुलुङ समुदायको जनघनत्व रहेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले कार्यपालिका बैठकबाट जनजाति समूहमा सूचीकृत गरेको हो । हालै बसेको गाउँ कार्यपालिका बैठकले कुलुङलाई जनजातिमा सूचीकृत गरेको हो ।
पपुवा न्युगिनीमा आइतबार बिहान ७:४६ बजे ७.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुले भोलि सोमबारदेखि नेपालको औपचारिक भ्रमण गर्ने हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिकस्थिति बलियो बनाउन लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताउनुभएको छ ।
संयुक्त अधिराज्य (बेलायत) का महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते निधन भएकोमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ २४ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
गुल्मीमा कुखुरा खाएर स्थानीयलाई हैरान बनाउने चितुवा मारिएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका ६ निनीचौरका ३० वर्षीय यमबहादुर कुँवरले फार्ममा छिरेर कुखुरा खाने चितुवा मार्नुभएको हो।
। कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट हुने निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ । कार्यालयका अनुसार भन्सार कार्यालयको निर्यात हालसम्मको सबैभन्दा उच्च रहेको बताइएको छ ।
मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकहरुमा आवागमन सहज बनाउन सडक खालि गराउने अभियान संचालन गरेका छन । स्थानियहरुले सडकमा जथाभावी सरसमानहरु थुपार्नुका साथै घरपालुवा जनावर समेत सडकमै बाध्ने गर्नाले अवागमनमा कठिनाई हुँदै आएको गुनासो पछि नगर प्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खालि गराउने अभियमान शुरु गरिएको हो ।
गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।
रङ्गपुर स्वास्थ्य चौकीमा निर्माण गरिएको प्रसुती गृह निर्माण सम्पन्न भएको झन्डै ४ वर्ष भइसक्दा पनि सञ्चालनमा आउन नसक्दा स्थानीय मर्कामा परेका छन् । रौतहटको गुजरा नगरपालिका वडा नम्बर २ को कटाँनी टोलमा रहेको प्रसुती गृह घर छेउमै बनेको भए पनि सञ्चालन हुन नसक्दा महिलाहरू सुत्केरी गराउन झन्झट व्यहोर्दै अन्यत्र जानुपर्ने बाध्यता छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी, महँगी तथा म्याद गुज्रिएका खाद्यवस्तुको व्यापार हुन सक्ने भएकाले अनुगमलाई तीव्रता दिने जनाएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’ मा सहयोग र सहकार्य गर्ने पालिकाहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । ताप्लेजुङस्थित कञ्चनजङ्घा हिमाल सरसफाइमा सहयोग गर्ने यहाँको फक्ताङ्लुङ गाउँपालिकालाई नेपाली सेनाले प्रशंसापत्र प्रदान गरेको हो ।
बुटवल उपमहानगरपालिकाले सडकको क्षेत्रभित्र बनेका संरचना र फुटपाथ खाली गर्न आग्रह गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै तीन दिने अल्टिमेटम समेत दिइएको छ ।
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।
नहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस शैक्षिक ‘हब’को रुपमा विकास हुन थालेको छ । क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक केन्द्रको रुपमा विकास हुन थालेको हो ।