प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा विभिन्न राजनीतिक पार्टीहरुले पूरानै नेताहरुलाई सिफारिस गरेका छन् । केही नयाँ सिफारिस भए पनि टिकट पाउने सम्भावना भने न्यून रहेको बताइएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाभित्र रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि घर–घरमा स्वास्थ्यकर्मी पुगेका छन् । देवचुली नगरपालिकाभित्र रहेका करिब तीन हजार तीन सय जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि यतिबेला स्वास्थ्यकर्मीहरु घरमै पुगेका छन् । नगरपालिकाले देवचुलीका १७ वटै वडाहरुमा ज्येष्ठ नागरिकहरुलाई घरमै पुगी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण र औषधि उपचार गरिरहेका छन् ।
रवीन्द्र उप्रेती बर्दिबास, भदौ २२ गते । जङ्गली हात्तीकाे एक जोडीले गौशाला नगरपालिका १० बटौवाका दुई घरमा क्षति गर्नुका साथै बालीनाली सखाप पारेको छ । हात्ती धपाउने क्रममा स्थानीय कामेश्वर यादवलाई सर्पले डसेपछि अर्को समस्या खडा भएको थियो । उहाँलाई राति नै बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको वडाध्यक्ष विष्णुकुमार महतोले जनाउनुभयो । स्थानीयका अनुसार मङ्गलबार साँझतिर लक्ष्मिनियाको जङ्गलमा देखापरेका हात्तीले रातको समय बस्ती प्रवेश गरी पहिले पूजन महतो र त्यसपछि छिमेकी जयवीर महतोको घर भत्काएकाे थियो । भित्र प्रवेश गरेका हात्तीले अन्नपातसमेत खानुकाे साथै भुइँभर छरेर नष्ट पारेको पीडितले जनाएका छन् । महिला तथा बालबालिकालाई राति नै सुरक्षितस्थलतर्फ पठाइएको वडाध्यक्ष महतोले जनाउनुभयो । जतिसुकै गर्दा पनि हात्तीले गाउँ छाड्ने मनसाय नदेखाएपछि स्थानीयले प्रहरी गुहारेका थिए ।कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार टर्च र दर्जन जति मोटरसाइकलको लाइट बालेपछि हात्ती पश्चिमतर्फ लागेका थिए । अहिले ती जोडी सागरनाथ वनविकास परियोजनाको जङ्गल हुँदै सर्लाहीतर्फ लागेको अनुमान गरिएको छ ।गाउँले र प्रहरीको लामो प्रयासपछि बुधबार बिहान ३ बजेतिर पश्चिम लागेका हात्तीले बाटो छेउछाउका बालीनालीमा क्षति पु¥याएको छ । गाउँलेका अनुसार रामजतन महतोको ३ कट्ठाको धानबालीका साथै रामनारायण सहनीको २ कट्ठाको उखु खाई उखेलेर क्षति पु¥याएको छ । अघिल्लो रात सोही हात्तीका जोडीले बर्दिबास नपा-२ हङकङडाँडा र वडा नं ८ स्थित लोपचन टोल तथा भवसी टोलका नाै घरमा क्षति पुराएका थिए । प्रत्यक्षदर्शीका अनुसार बर्दिबासबाट निस्केका ती हात्ती मडाहा खोलाको बाटो हुँदै टौवा प्रवेश गरेका थिए ।
धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो ।
पाल्पामा पहिलो पटक रातो च्याउ (गानोडोर्मा) को व्यवसायिक उत्पादन तथा विक्री सुरु भएको छ । भैरव च्याउ उद्योग प्रालिले रातो च्याउको उत्पादन गरी विक्री सुरु गरेको हो । पाल्पाका २० जना युवा मिलेर पहिलो पटक गानोडोर्माको व्यावसायिक उत्पादन सुरु गरेको प्रालिका अध्यक्ष केशव कार्कीले बताउनुभयो ।
राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरु झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो ।
पूर्वी नवलपरासीको कावासोतीमा रहेको जटायु रेष्टुरेन्टमा २३७ गिद्ध गणना गरिएको छ । नेपालमा पाइने नौ प्रजातिको गिद्ध मध्ये कावासोतीको पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आठ प्रजातिको गिद्ध अवलोकन गर्न सकिन्छ । तर मौसमका कारण अहिले चार प्रजातिको गिद्ध अवलोकन गर्नु सफल भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिवी चौधरीले बताउनुभयो ।
नेकपा (एमाले) बाँकेले जिल्लाका तीन वटै सङ्घीय निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
संयुक्त राज्य अमेरिकाका कार्यवहाक मुख्य उपसहायक मन्त्री एलिजावेथ होर्स्ट नेपाल आइपुग्नु भएको छ ।
दास प्रथाको अवशेषको रुपमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा भएको १४ वर्ष पूरा भएको छ । सरकारले वि.सं. २०६५ साल भदौ २१ मा १२ वटा जिल्लाहरुमा बधुवा मजदुरका रुपमा रहेका हलियाहरुको मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्तिको १४ वर्ष पूरा भएको भए पनि अझैँसम्म मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरु बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।
तानसेन नगरपालिका ४ सिल्खानटोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खोटाङ जन्तेढुङगा गाउपालिका ३ घर भएका ३४ वर्षका महेश राईको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–४ जैसिथोक निवासी ४२ वर्षका मानबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।
आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । नेपाली काँग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित आठ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बाँकेमा एकै दिन चारवटा पक्की पुल निर्माणको शिलान्यास गर्नु भएको छ । मन्त्री राईले सोमबार बाँकेको डुडुवा गाउँपालिकाको डुडुवा नदीमा चार वटा स्थानमा पक्की पुल निर्माणका लागि शिलान्यास गर्नुभएको हो ।