स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनक रुपमा मतदाताको सहभागिता रहेको छ ।
रुकुम पश्चिमका सबै मतदातालाई नयाँ परिचयपत्र वितरण गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि रुकुम पश्चिममा नयाँ मतदाता परिचयपत्र वितरण सुरु भएको हो । अन्यत्र जिल्लामा नयाँ तथा परिचयपत्र पाउन बाँकी मतदाताले मात्र परिचयपत्र पाउने भए पनि रुकुम पश्चिममा भने यसअघि वितरण भएको परिचयपत्रमा नागरिकता जारी भएको जिल्ला फरक हुन गएकाले सबै मतदाताले नयाँ परिचयपत्र पाउने भएका हुन् । रुकुम जिल्ला विभाजन भएर रुकुम पश्चिम र रुकुम पूर्व बनेपछि अघिल्लो पटकको निर्वाचनका मतदाताको नामावलीमा त्रुटि भई नागरिकता जारी भएकाले जिल्ला फरक हुन गएकाले यसपटक सबै मतदाताका लागि नयाँ परिचयपत्र
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराई व्यक्तिको नागरिक तथा राजनीतिक अधिकारको पूर्ण सम्मान गर्न सरोकारवालासँग आग्रह गर्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा बिहान ७ बजेबाट सुरु भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार बिहान नै मतदाताहरूका मोबाइलमा मतदानमा सरिक हुन सन्देश पठाएर उत्प्रेरित गरिसक्नु भएको छ ।
गण्डकी प्रदेशमा स्थानीय तह सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि हरेक मतदान स्थलमा किला गाड्ने, डोरी बाँध्ने, पुरुष–महिलालाई ध्यान दिँदै समूह छुट्याउने, डेस्क बेन्च राख्ने, मतदान गर्ने ठाउँ, छाप लगाउने ठाउँ यकिन गरी आवश्यक तयारी गरिएको छ । यस्तै वर्षालाई ध्यान दिँदै आवश्यक पाल राख्ने कार्य पनि कतिपय मतदान स्थलमा गरिएको छ ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका १२ कमलबारीमा बिहीबार साँझ मोटरसाइकलले ठक्कर दिँदा मोटरसाईकल चालक सहित तीन जना घाइते भएका छन् ।
विराटनगर–८, अरुणमार्गमा चिया–नास्ता पसल सञ्चालन गर्दै आउनुभएका डिल्लीराम कोइराला शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न बिहानै पुग्ने योजनामा हुनुहुन्छ । सप्तकोसी बोर्डिङ स्कुल केन्द्रबाट मतदान गर्नुहुने कोइराला आफ्नो मताधिकार प्रयोगमा उत्साही हुनुहुन्छ ।
डोटीमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका ४ गरुडीमा ना १ ज ३१५२ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो वर्ष मकैले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान खुसी भएका छन् । यहाँका किसानलाई अहिले उन्नत जात (हाइब्रिड) मकै भिœयाउने चटारो छ । धेरैजसो किसानले मकै बेचिसकेका छन् । केही किसानले भने अब चुनावपछि मकै थन्काउने तयारी गरेका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका किसान चन्द्रबहादुर कार्कीले अघिल्लो वर्ष मकैको मूल्य नपाएर निराश हुनुपरेको भए पनि यो वर्ष अहिलेसम्म राम्रै मूल्य पाइरहेको बताउनुभयो ।
आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीबार विक्रमसिङ्घेले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको छ । उहाँ श्रीलङ्काका पूर्वप्रधानमन्त्री हुनुहुन्छ ।
पाँच वर्षको प्रतीक्षापछि फेरि स्थानीय तहका पदाधिकारी चयनका लागि मुलुकभरका उत्साही मतदाताहरूले आज मतदान गरिरहेका छन् । यसअघि वि.सं. २०७४ मा स्थानीय निर्वाचनपछि यो निर्वाचन हुँदैछ । लोकतन्त्रमा आवधिक निर्वाचनको महत्त्व सर्वोपरि रहेको सन्दर्भमा स्थानीय तहको निर्वाचनको विशिष्ट अर्थ रहेको हुन्छ ।
नेपाल र नेपालीका लागि लामो प्रतीक्षाको दिन अन्त्य भएको छ । सङ्घीय शासन व्यवस्थाअन्तर्गत स्थानीय तहका लागि दोस्रो निर्वाचनको दिन हो आज । नेपालीका लागि ठूलो पर्व, ठूलो महोत्सव र एक किसिमको ठूलो मेला पनि हो ।
नेपाली समाजमा एउटा कथन छ– ‘पढेको मान्छेभन्दा परेको मान्छे जान्ने हुन्छ !’ यसको अर्थ किताबी ज्ञान मात्रै भएको तर अनुभव केही नभएको अथवा भनौँ त्यो ज्ञानलाई व्यवहारमा उतार्न नपाएको मान्छेको तुलनामा व्यावहारिक ज्ञान पाएका मानिसहरू जान्ने हुन्छन् । यसको उदाहरण हामी सबैको घरमा पनि छ ।
गणेशमान सिंहले जीवनभरि देश र जनताको हितको निमित्त सङ्घर्ष गर्नुभयो । अनेक कष्ट र यातना बेहोर्नुभयो । अनेक पटक मृत्युदण्डको अगाडि उभिनुभयो । उहाँले वि.सं. १९९७ को साउनमा धर्मभक्त माथेमाबाट प्रजापरिषद्को सदस्यता लिनुभयो । प्रजापरिषद्ले आफ्नो सक्रियतालाई बढाउँदै लग्यो । १९९७ को भदौमा यसले आफ्नो चौथो पर्चा पनि वितरण ग-यो । व्यापक रूपमा वितरण गरिएको यो पर्चामा एकतन्त्रीय राणा शासनको कडा विरोध गरिएको थियो । यी पर्चा कसरी, कसबाट वितरण भए, प्रजापरिषद्मा को–को छन् ? यी कुरा राणालाई थाहा थिएन । यी सबैको यथार्थ जानकारी गराउनेलाई उचित पुरस्कार दिने राणाले घोषणा गरे । पुरस्कार पाउने लोभमा वाक्पतिराज शास्त्री (शुक्रराज शास्त्रीका भाइ)ले यसबारेको उनलाई थाहा भएसम्मका सबै कुरा राणालाई बताइदिए । अन्ततः १९९७ को कात्तिक २ गते बिहानै धर्मभक्त माथेमाको घरको व्यापक रूपले खानतलासी लिइयो । त्यहाँबाट धेरै गोप्य र महìवपूर्ण कागजात बरामद भए । प्रजापरिषद्का बारेमा धेरै कुरा राणालाई थाहा भयो । गणेशमान सिंहलगायत प्रजापरिषद्सित सम्बद्ध धेरैलाई कात्तिक २ गते नै पक्राउ गरियो । सोधिएका कतिपय प्रश्नमा जवाफ दिन इन्कार गरेकाले धर्मभक्त, गङ्गालाल र गणेशमान सिंहलाई अत्यन्त बर्बर तवरले यातना दिइयो । अनेकौँ दिनको यो कठोर यातनाले गणेशमानले लगाएका सबै लुगा उहाँको शरीरभरि घाउ र रगतमा टाँसिएका थिए । ती छुट्याउँदा सम्पूर्ण शरीर रगताम्य भएको थियो । प्रजापरिषद्सम्बन्धी सबै कुरा हेर्न गठन गरिएको विशेष अदालतले १९९७ माघ ६ गते फैसला सुनायो । त्यसमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल र पूर्णनारायण प्रधानलाई अंश सर्वस्वसहित ज्यानको सजाय दिइएको थियो (प्रधानको ज्यानको सजायलाई पछि आजीवन कैदमा परिणत गरियो) । टङ्कप्रसाद आचार्य, रामहरि शर्मा तथा गणेशमानसमेत केहीलाई अंश सर्वस्वसहित आजीवन कैद गरियो । अरू १८ वर्ष, १२ वर्ष, छ वर्ष र तीन वर्षको कैद सजाय पाउनेहरू थिए । उहाँहरू सबैलाई भद्रगोल जेलभित्रको सानो जेलमा कडा निगरानीमा राखिएको थियो । गणेशमान आजीवन कैदको सजायलाई पर्खेर, राणाहरूको कठोर निरङ्कुशतालाई हेरेर मात्र बस्न तयार हुनुहुन्नथ्यो । उहाँ जसरी पनि जेलबाट उम्केर राणाहरूको विरोधको सङ्घर्षमा लाग्ने योजनामा हुनुहुन्थ्यो । निकै लामो र अनवरत प्रयत्नपछि २००१ को असार ७ गतेको मध्यरातमा जेलको दुवै अग्ला पर्खाल नाघेर गणेशमान उम्कनुभयो । त्यसपछिका दिन उहाँका लागि अरू कठोर र अझ कष्टकर थिए । उहाँको नेपालमा मात्र होइन, राणाहरूको अनुरोधमा ब्रिटिस सरकारले भारतमा पनि खोजी गरिरहेको थियो । पक्राउ परे त्यहाँबाट उहाँको सुपुर्दगी हुने निश्चित थियो । असार १५ गते जारी गरिएको गोर्खापत्रमा प्रकाशित इस्तिहारमा भनिएको थियो– “...गणेशमान के पुर्जी उप्रान्त...आजको १५ दिनभित्र तिमी आफैँ हाजिर हुन आउने काम गर । सो समयभित्र हाजिर हुन नआए पछि जुन वखत तिमी पक्राउ हौला, उस समय तिम्रो ज्यान सजाय हुने छ....।”त्यसले स्पष्ट पारेको थियो– गणेशमान सिंहको अबको पक्राउ निःसन्देह मृत्युदण्ड थियो । राणाहरूले गणेशमानलाई पक्राउ गर्ने वा पक्राउ गर्न सुराक दिनेलाई पुरस्कार दिने घोषणा पनि गरिसकेका थिए । भारतमा पनि उहाँले कहिले कृष्णबहादुर गुरुङ र कहिले कुनै अरू नामले कडा भूमिगत रूपमा जोखिमपूर्ण क्षणलाई बेहोरिरहन परेको थियो । वि.सं. २००३ सम्म आइपुग्दा भारत स्वतन्त्रता प्राप्तिको नजिकै पुगिसकेको थियो तर पनि गणेशमानजीले भारतमा बेहोर्नु परेको खतरा हटिसकेको थिएन । केही मत्थर मात्र भएको थियो । २००३ को माघमा कोलकातामा भएको अधिवेशनले नेपाली राष्ट्रि«य काँग्रेसको स्थापना ग-यो । यसमा गणेशमानको प्रमुख भूमिका थियो । त्यसबेलासम्म पनि उहाँले गणेशमान होइन, कष्णबहादुरकै नामबाट भाग लिनु परेको थियो । नेपाली राष्ट्रिय काँग्रेसको दोस्रो अधिवेशन २००४ को माघमा बनारसमा सम्पन्न भयो । त्यो अधिवेशनदेखि मात्र उहाँ गणेशमान सिंहकै रूपमा उपस्थित हुनुभयो । दुई पार्टीको एकीकरणबाट नेपाली काँग्रेसको गठन भयो । नेपाली काँग्रेस सशस्त्र क्रान्तिको तयारीमा लाग्यो । नेपालको कुनै एक उपयुक्त स्थान सम्भवतः पाल्पालाई मुक्त क्षेत्र घोषणा गर्ने र राजा त्रिभुवनलाई भगाएर त्यहाँ पु-याउने, त्यही मुक्त क्षेत्र वा देशभित्रकै एक भूभागबाट जनक्रान्ति सञ्चालन गर्ने निर्णयलाई नेपाली काँग्रेसले आफ्नो प्रथमिकतामा राख्यो । यो निर्णयको जानकारी राजा त्रिभुवनलाई दिन तथा यसमा राजाको सहमति हुन्छ कि हुँदैन ? त्यो बुझ्न तथा केही महिनापहिले सुन्दरराज चालिसेले प्रारम्भ गरेको नेपाली सेनालाई विद्रोह गराएर, जनमुक्ति सेनामा सम्मिलित गराउने कार्यलाई समेत अघि बढाउन गणेशमान र सुन्दरराजको नेतृत्वमा एउटा सशस्त्र टोलीले अति गोप्य तवरमा भारतको सोनवर्षाबाट नेपाल प्रवेश ग-यो र भित्री मधेस, दाप्चा, बनेपा हुँदै यो टोली २००७ को साउनमा काठमाडौँ आयो । यो सशस्त्र टोलीमा जनमुक्ति सेनाका मेजर दिलमान सिंह थापा, लेफ्टिनेन्ट कुलमान लामासमेत सम्मिलित थिए । उनीहरूसित आधुनिक हतियार र शक्तिशाली वारलेस सेट थियो । राजा त्रिभुवनका सचिव दयारामभक्त माथेमा र कृष्णलालमार्फत गणेशमान सिंह र राजा त्रिभुवनको बीचमा संवाद आदान–प्रदान भयो । हेलिकप्टरको व्यवस्था भए मात्र नेपाली काँग्रेसले निर्धारण गरेको मुक्त क्षेत्रमा जान सक्ने राजा त्रिभुवनको निर्णय गणेशमान र सुन्दरराजलाई आयो । त्रिभुवनलाई भगाएर मुक्त क्षेत्रमा पु-याउने योजना कार्यान्वयन हुन नसक्ने स्थितिमा पुग्यो । गणेशमान र सुन्दरराजको टोली काठमाडौँ आएको कुरा राणाहरूले थाहा पाए । गणेशमानलाई धेरै पहिलेदेखि राणाहरू आफ्नो नियन्त्रणमा लिन चाहन्थे र मृत्युदण्ड दिन चाहन्थे । सेना भड्काएको अभियोग सुन्दरराजमाथि थियो । त्यसैले उहाँहरू र उहाँहरूको टोलीको व्यापक रूपमा खोजी भयो । अन्ततः २००७ को असोज ८ गते सुन्दरराज, दिलमान सिंह थापा, कुलमान लामा र उनीहरूसित आएका जनमुक्ति सेनाका धेरैलाई पक्राउ गरियो । असोज ८ कै राति सुशीला चालिसे (सुन्दरराजकी धर्मपत्नी) तथा कर्णेल तोरण शमशेर, कर्णेल प्रतापविक्रम शाह र नेपाली सेनाका अरूलाई पनि पक्राउ गरियो । राणाहरूको अनेक प्रयत्नबाट पनि जोगिएर केही पछि गणेशमान भारततिरै फर्कनुभयो । भारतको सीमानजिकै ठोरीमा उहाँ पक्राउ पर्नुभयो । उहाँलाई काठमाडौँ ल्याइयो र सिंहदरबारको सैनिक हिरासतमा राखियो । हरि शमशेरको अध्यक्षतामा विशेष अदालत गठन गरियो । हरि शमशेरले सोधेको कतिपय प्रश्नको जवाफ दिन गणेशमानले अस्वीकार गर्नुभयो । त्यसमा क्रोधित भएर आठपरियालाई हरि शमशेरले भने– यसलाई कोर्रा हान् । चार जना आठपरियाले क्रूरतापूर्वक गणेशमानजीलाई कोर्रा हाने । उहाँको सम्पूर्ण शरीर रगताम्य भयो । उहाँ मुर्छा पर्नु भयो । तिनै आठपरियाले घिसार्दै उहाँलाई थुनावा कोठामा पु-याए । एक दिन मात्र होइन, उहाँमाथि यस्ता यातना अरू निकै दिनसम्म दोहरिइरहे । २००१ मा जेलबाट फरार भएको, सीमान्त स्थान झरोखरमा नेपाली पुलिसमाथि गोली चलाएको, सरकारविरोधी सङ्गठनमा रहेर अनेक कार्य गरेको, जनमुक्ति सेनाको सशस्त्र टोलीसहित काठमाडौँमा आएको, श्री ३ र अरूहरूको हत्या गर्ने षड्यन्त्रमा लागेको, नेपाली सेनालाई भड्काउने प्रयत्न गरेको आदि कतिपय अभियोग मूलतः गणेशमान, सुन्दरराज, दिलमान सिंह थापा, कुलमान लामा र तोरण शमशेरसमेतलाई लगाइएको थियो । त्यसैले उहाँहरूलाई मृत्युदण्डको सजाय सुनाउने तयारीमा विशेष अदालत लागिरहेको थियो । त्यसबेलासम्म नेपाली काँग्रेसले सशस्त्र क्रान्तिको सम्पूर्ण तयारी पूरा गरिसकेको थियो । २००७ को असोज १० र ११ गते बैरगिनयाँमा भएको नेपाली काँग्रेसको सम्मेलनले सशस्त्र क्रान्ति गर्ने निर्णय ग-यो । २००७ को कात्तिक २६ को मध्यरातमा वीरगञ्ज कब्जा गरेर, जनमुक्ति सेनाले देशको धेरै भागमा जनक्रान्ति सुरु गरिसकेको थियो । त्यसैले गणेशमान र अरूलाई मृत्युदण्डको सजाय सुनाउने दिन पछि सर्दै गयो । वि.सं. २०१६ को जेठमा बीपी कोइरालाको प्रधानमन्त्रित्वमा जननिर्वाचित सरकार गठन भयो । गणेशमानजीले यातायात, निर्माण, सञ्चार, नहर, मालपोत र भूमिसुधार मन्त्रालयको जिम्मेवारी वहन गर्नुभएको थियो । यो सरकारले विकास र निर्माणका धेरै महìवपूर्ण काम ग-यो । त्यसलाई राजा महेन्द्रले सहन गर्न सकेनन् । २०१७ को पुस १ गते सैन्य शक्तिको आडमा उनले जननिर्वाचित प्रधानमन्त्री, मन्त्री र अरू धेरैलाई जेलमा राखे । संसद् विघटन गरे । पार्टीलाई प्रतिबन्ध लगाए । राजाको यो लामो निरङ्कुश कालमा आठ वर्ष जेलमा रहेर २०२५ को कात्तिकमा बीपी र गणेशमानको रिहा भयो । उहाँहरूले त्यसपछि लामो समयसम्म निर्वासनमा रहनु प-यो । देश सङ्कटतिर गइरहेको थियो । देशलाई सङ्कटबाट जोगाउन राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर २०३३ को पुस १६ गते बीपी र गणेशमानजी स्वदेश फर्कनुभयो । उहाँहरूलाई विमानस्थलमै पक्राउ गरियो र कडा निगरानीका साथ जेलमा राखियो । उहाँहरूमाथि राज्य विप्लवसम्बन्धी सातवटा मुद्दा थिए । ती प्रत्येक मुद्दामा उहाँहरूलाई मृत्युदण्ड हुन सक्थ्यो । तीमध्ये दुईवटा बेग्लाबेग्लै मुद्दामा भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई मृत्युदण्ड दिने फैसला भइसकेको थियो । तीलगायत अरू सबै मुद्दाको प्रमुख अभियुक्त बीपी, गणेशमान र गिरिजाबाबु हुनुहुन्थ्यो । उहाँहरूमाथिको मुद्दा हेर्न विशेष अदालत पनि गठन गरियो । गणेशमानजीको निमित्त यो तेस्रो विशेष अदालत थियो । १९९७ को, २००७ को र २०३३ को यी तीनवटै विशेष अदालतको अगाडि उभिएर उहाँले मृत्युदण्डको फैसलालाई पर्खनु परेको थियो ।
नेपालको अर्थतन्त्र समस्यामा पर्नुपर्ने कुनै कारण छैन । यहाँको स्रोत, साधन, श्रम र सीपको उपयोग गर्ने हो र त्यस्तो वातावरण बनाउने हो भने छोटै समयमा परिस्थिति अर्कै बन्छ । नेपालमा खास समस्या श्रमको सम्मान नहुनु हो । स्वदेशमा रोजगारी भनेको सरकारी वा निजी क्षेत्रका कार्यालयमा १० बजेर जाने ५ बजे फर्कने, महिना मरेपछि तलब पाउने मात्रै हो भन्ने ठानिन्छ । स्वरोजगार बन्ने गरी परामर्श पनि दिइँदैन र आफ्नै बलबुतामा सानोतिनो काम गर्नेको सम्मान पनि छैन ।