• २२ असार २०८१, शनिबार

काँग्रेस ताप्लेजुङद्वारा उम्मेदवारको नाम सिफारिस

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २० गते । नेपाली काँग्रेस ताप्लेजुङले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । 


प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङ, प्रतापप्रकाश हाङ्गाम, मणि लामा, टीकाराम गुरुङ र बलबहादुर तामाङको नाम सिफारिस गरेको छ ।


यस्तै, प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ (क) मा गोपाल गुरुङ, डिल्लीरमण बराल र लक्ष्मीप्रसाद भट्टराईको नाम सिफारिस गरिएको छ । प्रदेशसभा (ख) तर्फ प्रत्यक्षमा खगेनसिंह हाङ्गाम एक जनाको मात्र नाम सिफारिस भएको काँग्रेसले जनाएको छ ।


समानुपातिकतर्फ भने प्रतिनिधिसभामा लीलादेवी बोखिम, युवराज गुरुङ र शिला इजमको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ प्रदेशसभा ‘क’ मा केशवप्रसाद दाहाल, पदमसुन्दर पालुङ्वा, मङ्गलबहादुर मेन्याङ्बो, सन्तोषकुमार सार्की, रामबहादुर कङ्लिवा, मीनादेवी गुरुङ, गीता चौहान, शिला इजम र मातृकादेवी प्रसाईँको नाम सिफारिस गरिएको छ ।


यस्तै, समानुपातिकतर्फ प्रदेश ‘ख’ मा गणेशबहादुर लिम्बू, इन्द्रकुमार केदेम, टेकबहादुर साँवा, तिलप्रसाद सुब्बा, गीताकुमारी सेन्दाङ, कविता सुब्बा, कल्पनादेवी सिटौला, नरमाया केदेम र चन्द्रमाया लिम्बूको नाम सिफारिस भएको छ ।


प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र १ (ख) मा प्रत्यक्षतर्फ खगेनसिंह हाङ्गामबाहेक बाँकी प्रत्यक्ष र समानुपातिक दुवैमा आकाङ्क्षी धेरैजना भएपछि उहाँहरू सबैको नाम सिफारिस गरिएको जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताउनुभयो ।