नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप गर्ने तयारी गरेको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम ९० दशमलब ६६ प्रतिशत अर्थात सडक विस्तारको अधिकांश काम सक्नुपर्नेमा तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेट लिमिटेडले जम्मा १८ दशमलब ४४ प्रतिशत मात्र काम सकेको छ ।
छिल्लो केही महिनादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामा दुई हजार ५०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुसदेखि बुधबारसम्म ७२ जिल्लाबाट तीन हजार २२७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहनुभएका थापालाई एक मात्र निर्वाचन क्षेत्र रहेका धनकुटामा नेपाली कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।
हिमाली गाउँपालिकाले वर्षामा अवरुद्ध हुँदै आएका ग्रामीण सडक दशैँ अगावै सञ्चालनमा ल्याउने भएको छ । हिमाली गाउँपालिकाका अधिकांश ग्रामिण सडक वर्षामा बाढी र पहिरोले अवरुद्ध हुँदै आएका थिए ।
शुक्रबारको मध्यान्ह । घाम चर्किँदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थी शुक्रबारे आधा छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए ।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ । बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ स्थित निर्माण हुन लागेको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाउनुभएको छ । ५ वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो ।
सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९/८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेकोे अर्न्तक्रियामा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’ अन्तर्गत पाँचसय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको जानकारी गराएको हो ।
मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।
ऊर्जा,जलस्राेत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।
बडिमालिका माईको थाकथलोमा जान कालीकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरु पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषतः महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने र नाचगान गरेर तीज बनाउँदै आउनुभएको छ ।
पशुपति मन्दिर परिसरमा भएकाे तीज कार्यक्रमकाे लागि दुई हजार ४०० प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मंगलबार विहानैदेखि पशुपतिनाथ क्षेत्रमा एक हजार २०० पहिलो सिफ्टका प्रहरी कर्मचारी तैनाथ छन् ।