काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।
माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ । ‘हे, मनको कुरा गा¥हो भो खोल्न, क्यारी भनु थाल्यो नि मन पोल्न, सुनको चुरा औंठी नि सुनकै छ । माया जालमा परेकी क्या हो म, दिनरात झझल्को उनकै छ ।’
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गरिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्र ताप्लेजुङले सम्मान गरेको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफ्नै नीतिको आधारमा चुनाव लड्ने तयारी गरिरहेको जनाएको छ । एमाले प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा महासचिव शंकर पोखरेलले एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा नरहेको धारणा राख्नुभयो ।
दुई दिनदेखि परेको अविरल वर्षासँगै पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेीि पुर्तिघाट सडकखण्डको कनौटामा सडक माथिबाट सडकको बीच बीचमा सात वटा पहिरो खसेका कारण करिडोर अवरुद्ध भएको हो ।
चाडपर्वको सिजन सुरू भएसँगै सडक विभागले देशभरका मुख्य सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । अन्य समयमा भन्दा चाडपर्वको बेला धेरै मानिसले आवतजावत गर्ने भएकाले सडक विभागले मुख्य राजमार्गका खाल्डाखुल्डी पुर्ने योजना बनाएको हो ।
प्राकृतिक सौन्दर्यतासँगै अग्ला पहाडबाट झरेको आकर्षक झरना, वरिपरि हरियाली वनजङ्गल, चराचुरुङ्गीको चिरबि र चिरबिर र छ्योत छ्योत झरनाको छमछम आवाजमा मोहित बन्न पुग्छन् सबै पर्यटकहरु ।
पाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ ।
बाक्ला मिलेर बनेको मगर बस्ती । आफ्नै छुट्टै कला, संस्कृति, रहनसहन एवम् खाम मातृभाषा बोकेको पृथक समुदाय । सयौं वर्षअघि निर्मित ढुङ्गा र माटाका घर । एउटै घर जस्तो देखिने मगर जातिको बाहुल्यता रहेको यी मगर बस्ती । एउटा घरको छत माथिल्लो घरको आँगन । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै चित्रकारको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो ।
दार्मा गाउँपालिका २ का हेमन्त शर्मा सल्यान खलंगा आउन पैदल चार घण्टा हिँडेर थारमारे आउनुभयो । पश्चिम रुकुम चौरजहारी दार्मा हुँदै राप्ती राजमार्गको थारमारे आउने सडक वर्षा सुरु भएपछि अवरुद्ध भएको छ । दार्मा ६ का इन्द्रबहादुर केसीले सडक अवरुद्ध हुँदा सास्ती भएको बताउनुभएको छ ।
महिला सांसदहरुले सबै तहमा महिला सहभागिता सम्मानजनक हुनुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका, सामाजिक न्याय समिति, मधेस प्रदेश र नेपाल एफएमको संयुक्त आयोजनामा आइतबार जनकपुरधाममा आयोजित संसदीय प्रतिनिधित्व : संवाद कार्यशालामा भाग लिँदै उहाँहरुले यस्तो धारणा राख्नुभएको हो ।
सप्तरीसहितका तराई–मधेसमा शनिबार बेलुकादेखिको वर्षाले राहत मिलेको छ । प्रचण्ड गर्मीबीच करिब साउन महिनादेखि वर्षा नभएपछि शनिबार बेलुकादेखि निरन्तर पानी परेपछि किसानले राहतको सास फेरेका छन् । भदौ महिनाको वर्षा जिल्ला तथा तराई–मधेशवासीलाई अमृत बर्सेझैँ भएको छ ।
प्रतिनिधिसभामा दोस्रोपटक पारित भएको नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रियसभामा पनि पेश भएको छ।
बाघ अवलोकन तथा जंगल सफारीका लागि चर्चित बन्दै गएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले आन्तरिक र विदेशी पर्यटक आकर्षित गर्न पर्यापर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरेको छ ।
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि बोराभर चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ । कसैलाई सुईको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका छन् ।