• १३ साउन २०८१, आइतबार

चोरखोला नजिक पहिरोको कारण राजमार्गमा जाम

blog

चोरखोला नजिक पहिरोको कारण पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित, तस्विर– दिवाकर पाेखरेल

दिवाकर पाेखरेल

कपिलवस्तु, भदाै १२ गते । कपिलवस्तुको चोरखोला नजिक पहिरोको कारण पूर्वपश्चिम राजमार्गमा यातायात प्रभावित भएको छ ।

चन्द्रौटाभन्दा १२ किलोमिटर पश्चिम चोरखोला नजिक पहिरोको कारण बिहान ४ बजेदेखि जाम शुरु भएपछि सयौं गाडी फसेका छन् ।

एकतर्फी यातायात चले पनि एउटा गाडीलाई पार गर्न लामो समय लाग्ने भएकाले जाम बढेको हाे ।