• ३० वैशाख २०८१, आइतबार

एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा अनियमितता

परीक्षा केन्द्रमा सिडिओ छिरेपछि एक बोरा चिट भेटियाे (भिडियो)

blog

एसईई ग्रेड वृद्धि परीक्षामा चिट खोस्दै प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुखहरु । तस्बिर / भिडियाे– गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, भदौ १२ गते । आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि अत्यधिक मात्रामा चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ ।


कसैलाई सुइँको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका हुन् ।  



परीक्षालाई मर्यादित बनाउन केन्द्राध्यक्षलगायत प्रत्येक परीक्षा कोठामा गार्ड शिक्षक भए पनि उहाँहरुकै सामुन्ने परीक्षार्थीले चिट चोर्दै गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । आइतबारको परीक्षामा फेला परेका चिट सङ्कलन गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । 


वीरेन्द्र माविपछि लगत्तै दशरथचन्द नगरपालिका –५, सुन्दरखालीस्थित दशरथचन्द मावि केन्द्रको परीक्षा केन्द्रमा पस्नुभएका प्रमुख जिल्ला अधिकारीले त्यहाँ एक जना विद्यार्थी मोबाइल चलाउँदै परीक्षा दिँदै गरेको अवस्था फेला परेका थिए ।


बैतडीमा एसईई ग्रेड वृद्धि परीक्षाका लागि दुई हजार सातसय परीक्षार्थी सहभागी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।


उहाँले भन्नुभयो, “वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि, सुन्दरखाली, निङ्लासैनी मावि, देहिमाडौं, कृष्ण मावि पाटन र मणिलेक मावि, मेलौली गरी पाँच वटा परीक्षा केन्द्रबाट दुई हजार सातसय परीक्षार्थीले एसईई ग्रेड वृद्धिको परीक्षा दिइरहेका छन् ।”