• २८ वैशाख २०८१, शुक्रबार

शान्ति सुरक्षा कायम गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री गहतराज

blog

गृह जिल्लामा रहनुभएका मन्त्री एक कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, भदौ १३ गते । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएकाले सरकारको प्राथमिकता देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । उहाँले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको हो । 

कोहलपुरमा सोमबार पत्रकारहरूको जिज्ञासाप्रति प्रतिक्रिया दिँदै मन्त्री गहतराजले अहिलेको अवस्थामा जनतासँग कुनै पनि खालको जोर जबरजस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने कुरामा जोड दिनुभयो । 

स्थानीय जनतासँग वार्ता र संवादबाट सबै खालका समस्याहरू समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत उहाँले आग्रह गर्नुभएको छ ।