हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा भइरहेको छ ।आउँदो बुधबार शुरु हुने यस पर्वकाे लागि उक्त क्षेत्रको सरसफाइ र रङ्गरोहनका कार्य भइरहेको हो ।
तीन दशकदेखि जिल्लाको विकास निर्माण तथा सामाजिक कार्यमा सक्रिय रहनुभएका जापानी नागरिक काजुमासा काकिमी ‘ओके बाज’ले चौरासी पूजा आफ्नो कर्मथलो पाल्पामै गर्ने हुनुभएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम –१ मा डा. भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटीको नाममा एकल रुपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ४ दयानगर छपियामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको छ । छपिया स्वास्थ्य चौकीको स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न लागिएको हो ।
गुल्मी जिल्लामा डेङगुका बिरामीहरु दैनिक रुपमा बढ्दो क्रममा रहेका छन् । जिल्लाको सत्यवती गाउँपालिकामा एक सय जना, छत्रकोट गाउँपालिकामा पाँच जना, रेसुङगा नगरपालिकामा छ जना सङ्क्रमित हुनुभएकाे छ । यस्तै, मुसिकोट नगरपालिकामा एक, इश्मामा तीन, मालिकामा एक, गुल्मीदरबारमा एक, मदानेमा एक, कालीगण्डकीमा एक र प्राइभेट क्लिनिकहरुमा परीक्षण गर्दा चार जना गरी १२३ जनामा सङ्क्रमण देखा परेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो ।
आउँदो मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) बागलुङले चार निर्वाचन क्षेत्रबाट १६ जना उम्मेदवारका आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको नेकपा (एमाले) जिल्ला कमिटी, बागलुङका सचिव विष्णु भुसालले बताउनुभयो ।
नेपाली कांग्रेस बाजुराले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन उम्मेदवारका लागि सात जनाको नाम सङ्कलन गरी प्रेदश कमिटीमा पठाएको छ । नेपाली काँग्रेस जिल्ला कमिटी, बाजुराले प्रतिनिधिसभा सदस्यका लागि दुई पुरुष र एक जना महिला गरी तीन जना भए पनि सहमति नभएपछि सात जनाको नाम सङ्कलन गरी प्रदेशमा पठाइएको हो ।
जिल्लामा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खायामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।
दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
जिल्लाको कुशे गाउँपालिका - २ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ । शनिबार बाख्रा चराउन गोठालो गएका अन्दाजी १८ वर्षीया लिला सिंहको ज्यान गएको हो ।
मोरङको उर्लाबारी–७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ मा उपचार गराइरहेका १३ जना दुब्र्यसकहरु भागेका छन् । भागेका दुब्र्यसकहरू झापा, मोरङ र सुनसरी जिल्लाका रहेका छन् । चार जना धरानबाट पक्राउ परिसकेका छन्।
‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नु हुनेछ ।
प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । दुई दिने ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’मा नगरप्रमुख बालेन्द्र साह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
तीनकुनेमा निर्माणाधीन रहेको पुलको लागि नयाँ ठेक्का स्वीकृत भएसँगै निर्माणको तयारी थालिएको छ । गत साउन १० गते यो पुलको जिम्मा 'वाई पि किराँतेश्वर जेभी'ले पाएको छ ।