• २२ असार २०८१, शनिबार

कुनै पार्टीसँग देशभर गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन

blog

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर – गोविन्द शर्मा । बाँके

गाेविन्द शर्मा

बाँके, भदौ २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा  कुनै पनि पार्टीसँग देशभर गठबन्धन नहुने बताउनुभएको छ । 

“आधारभूत र सैद्धान्तिक रुपमा कुनै पनि पार्टीसँग गठबन्धन गरेर निर्वाचन सहभागी हुँदैनौँ,” राप्रपा बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले भन्नुभयो, “आवश्यकताका आधारमा जिल्ला तहमा एक क्षेत्रमा सहयोग गरेर अर्को क्षेत्रमा सहयोग लिएर जान सकिन्छ ।” 

तर यस बारेमा अहिलेसम्म ठोस प्रगति भने नभएको अध्यक्ष लिङ्देनको भनाइ छ । अन्य राजनीतिक दलबीच गठबन्धन हुँदा देशलाई माया गर्ने शक्तिहरुबीच निर्वाचनमा मिलेर जान सकिने भन्दै उहाँले यस विषयमा नेकपा एमालेसँग जिल्ला स्तरमा सकारात्मक छलफल अघि बढेको बताउनुभयो । 

अघिल्लो निर्वाचनमा जस्तो केही सिटमा उम्मेदवारी दिने र अधिकांश क्षेत्रमा खाली हुने अवस्था आउन नदिने उहाँको भनाइ छ । राप्रपा तालमेल गरेर बढी सिट जित्ने भन्दा पनि जनताको मत पाएर अधिकतम सिट जित्ने लक्ष्यका साथ निर्वाचनमा होमिने अध्यक्ष लिङ्देनको भनाइ राख्नुभयो। 

पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणासहित पत्रकार सम्मेलनमा उपस्थित अध्यक्ष लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक रहेको बताउनुभयो । 

विगत तीन दशकदेखि मुलुक सीमित राजनीतिक दलका सीमित नेताहरुहरुको चक्रव्यूहमा फसेको भन्दै राप्रपाको जित आवश्यक भएको बताउनुभयो । 

उहाँले राप्रपालाई आगामी निर्वाचन पनि संसदमा अग्रणीरुपमा प्रस्तुत गर्न देशव्यापी जनताको समर्थन बढ्दै गएको दाबी गर्नुभयो । उहाँले संसद्को आयु निर्वाचनपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको टिप्पणी गर्नुभयो ।