• २२ असार २०८१, शनिबार

इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा (फाेटाे फिचर)

blog

इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा हुँदै, तस्बिरहरू – मनोजरत्न शाही र केशब गुरुङ्ग

गाेरखापत्र अनलाइन

काठमाडाैँ, भदाै २० गते । हनुमानढोका दरबार क्षेत्रमा इन्द्रजात्रा (येँयाः) को तयारी तीव्र गतिमा भइरहेको छ । आउँदो बुधबार सुरु हुने यस पूर्वकाे लागि उक्त क्षेत्रमा रङ्गरोहनका कार्य भइरहेको हो ।


हनुमानढोका दरबार क्षेत्रमा रहेको कुमारी घर, गद्दी बैठक, मठमन्दिरलगायतमा साजसज्जाका कार्य भइरहेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका कार्यक्रम प्रमुख रोशनमान शाक्यले जानकारी दिनुभयो ।

साथै, इन्द्रजात्रामा कुमारी, भैरव र गणेशका रथ परिक्रमा हुने बाटोमा मर्मत कार्य भइरहेको जानकारी पनि दिनुभयो ।

भदौ २४ गते हुने मुख्य रथजात्राकाे लागि आवश्यक मर्मत सम्भारको काम भइरहेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो । याे जात्रा भदौ २९ गते समापन हुन्छ ।

भाद्र २२ गते बिहानको शुभ साइतमा इन्द्रध्वज (यःसिँ) उठाएपछि विधिवत् रूपमा सुरु हुने जात्रा २४ गते इन्द्रजात्राका दिनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र विदेशी कूटनीतिक नियोगका अतिथिहरूलगायत उच्च पदाधिकारीहरू जात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।