• १३ साउन २०८१, आइतबार

प्रदेश सदस्यमा एमालेका १६ जना सिफारिस

blog

नवीन शिशिर

बागलुङ, भदौ १९ गते । आउँदो मङ्सिर ४ गते हुने प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) बागलुङले चार निर्वाचन क्षेत्रबाट १६ जना उम्मेदवारका आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । 

प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठकले २ क्षेत्रको प्रत्यक्षतर्फ ४ प्रदेश सभा सदस्यको लागि १६ जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको नेकपा (एमाले) जिल्ला कमिटी, बागलुङका सचिव विष्णु भुसालले बताउनुभयो । 

प्रदेशसभा निर्वाचन समन्वय कमिटीको बैठकले बागलुङ क्षेत्र नम्बर १ को ‘क’ र ‘ख’ लागि नौ जनाको नाम सिफारिस गरेको छ । १ को ‘क’ उम्मेदवारको लागि सो पार्टीले बागलुङका अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटी सदस्य हरिनारायण गौतम र रामबहादुर जिसी, जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला सङ्घ, बागलुङका  अध्यक्ष लक्ष्मी बोहराको नाम सिफारिस गरेको एमाले जिल्ला कमिटी, बागलुङका प्रवक्ता चन्द्रगणेश शर्माले बताउनुभयो । 

यस्तै, १ को ‘ख’ उम्मेदवारको लागि नवराज पौडेल, पदम गिरी, धनबहादुर परियार र रुपा खनालको नाम सिफारिस भएको छ । परियार बागलुङ नगर कमिटीका अध्यक्ष हुनुहुन्छ । पौडेल सल्लाहकार परिषद् सदस्य, गिरी प्रदेश सम्पर्क मञ्चका सचिव र खनाल बरेङ गाउँपालिकाका महिला हुनुहुन्छ ।

प्रदेशसभा निर्वाचन समन्वय कमिटीले क्षेत्र नम्बर २ को ‘क’ र ‘ख’ को उम्मेदवारको लागि सात जनाको नाम सिफारिस गरेको छ । २ को ‘क’ लागि विष्णु भुसाल, हीरामणि उप्रेती र यमकला घर्तीको नाम सिफारिस गर्दा २ कै ‘ख’ का लागि टंक पौडेल, लक्ष्मण पुन र लक्ष्मी सेन सुनारको नाम सिफारिस गरेको प्रवक्ता शर्माले बताउनुभयो ।