• २२ असार २०८१, शनिबार

बागलुङका दुई वटै क्षेत्रमा शिक्षामन्त्री सिफारिस

blog

नवीन शिशिर विक 

बागलुङ, भदौ २० गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । 

मन्त्री पौडेल गत निर्वाचनमा बागलुङ क्षेत्र नम्बर – २ बाट निर्वाचित हुनुभएको थियो । उहाँको स्थायी घर बागलुङ क्षेत्र नम्बर– १ मा पर्दछ । 

बागलुङ क्षेत्र नम्बर–१ बाट मन्त्री पौडेलसहित कृष्ण केसीको नाम सिफारिस गरिएको सो पार्टीका बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो । 

यस्तै, बागलुङ क्षेत्र नम्बर –२ बाट मन्त्री पौडेलसहित गण्डकी प्रदेशका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभाका सदस्यहरूको नाम सिफारिस गर्नको लागि छलफल भइरहेको छ । बागलुङमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् ।