• २२ असार २०८१, शनिबार

प्रदेश –१ का मुख्यमन्त्रीलाई मातृशोक

blog

सचिन पोख्रेल

विराटनगर, भदौ २० गते । प्रदेश नम्बर – १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार बिहान १० : २५ बजे विराटनगरमा निधन भएको छ ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो । 

उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले बताउनुभयो । उहाँको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । 

वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिनुभएका दिवङ्गत धनकुमारी राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा र एक छोरी हुनुहुन्छ ।