दशैँका लागि घर जाने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ् खुलाउनका लागि गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
जिल्लाको कुशे गाउँपालिका - २ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ । शनिबार बाख्रा चराउन गोठालो गएका अन्दाजी १८ वर्षीया लिला सिंहको ज्यान गएको हो ।
मोरङको उर्लाबारी–७ स्थित ‘जीवन बचाउ उपचार सेवा गृह’ मा उपचार गराइरहेका १३ जना दुब्र्यसकहरु भागेका छन् । भागेका दुब्र्यसकहरू झापा, मोरङ र सुनसरी जिल्लाका रहेका छन् । चार जना धरानबाट पक्राउ परिसकेका छन्।
‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबीच भिडन्त हुने भएको छ । जापानको योकोहामा सहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमालयन चितुवा’ नामले विश्वप्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उहाँ ‘के वान वल्र्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नु हुनेछ ।
प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । दुई दिने ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’मा नगरप्रमुख बालेन्द्र साह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो ।
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
तीनकुनेमा निर्माणाधीन रहेको पुलको लागि नयाँ ठेक्का स्वीकृत भएसँगै निर्माणको तयारी थालिएको छ । गत साउन १० गते यो पुलको जिम्मा 'वाई पि किराँतेश्वर जेभी'ले पाएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको विद्युत वितरण प्रणाली भूमिगत गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गैंची चलाएर शिलान्यास गर्नुभयो ।
दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडाहरा गाउँमा रहेको कुलपानी हरित पार्क यतिखेर पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास हुदै गएको छ । पार्कको प्रवेशद्धारमा हालै निर्माण गरिएको बाघ, जरायो, मयुरले पार्कको सुन्दरता थप बढाएको हो ।
पश्चिम क्षेत्रकै एक पवित्रस्थल रेसुङ्गाधाम धार्मिक गन्तव्यका लागि निकै प्रसिद्ध रहेकाे छ । धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा अमृत भूमिका रूपमा रहेकाे छ ।
कैलालीमा ३८० भन्दा बढी घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले डुबान भएको हो । सबैभन्दा बढी भजनी नगरपालिकामा डुबान भएको छ ।
तीन पाङ्ग्रे ई–रिक्साको व्यवस्थापन अब स्थानीय सरकारले गर्नुपर्ने भएको छ । झापासहित पूर्वी नेपालको विशेष गरेर तराई क्षेत्रमा रिक्साहरु विस्थापित भएर अहिले धेरै सङ्ख्यामा तीन पाङ्ग्रे ई–रिक्सा सञ्चालनमा रहेका छन् । परम्परागत रिक्साहरु भने अहिले हराइसकेको अवस्था छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय चुनावमा चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने बताउनुभएको छ । माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका उहाँले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएको हो ।
आगामी सङ्घीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम मधेसका तीन जिल्लाबाट सिफारिस भएको छ । यादवले आफ्नो दलको जनाधार रहेको सप्तरी, सिरहा र बाराबाट प्रतिनिधिसभाको चुनावका लागि नाम सिफारिस गराउनुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु¥याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभयो ।