• १३ साउन २०८१, आइतबार

बाख्रा चराउन जाँदा एक युवतीकाे भीरबाट खसेर मृत्यु

blog

सहदेव बस्नेत

जाजरकोट, भदौ १९ गते । जिल्लाको कुशे गाउँपालिका - २ टालेगाउँमा भीरबाट खसेर एक युवतीको ज्यान गएको छ ।

शनिबार बाख्रा चराउन गोठालो गएका अन्दाजी १८ वर्षीया लीला सिंहको ज्यान गएको हो । 

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षामा ती युवती उत्तीर्ण हुनुभएको थियो । 

जाजरकोटमा रुख र भीरबाट वर्षमा करिब ५० जनाले अकालमै ज्यान गुमाउने गरेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।