• १३ साउन २०८१, आइतबार

एक दुई दिनमा सिट सङ्ख्या टुङ्ग्याउछौँ : अध्यक्ष प्रचण्ड

blog

नवीन सुवेदी

सुर्खेत, भदौ १७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय चुनावमा चितवन क्षेत्र नम्बर–३ बाट चुनाव लड्ने बताउनुभएको छ । 

माओवादी केन्द्रको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आउनुभएका उहाँले सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले साे कुरा बताउनुभएको हो । 

नेकपा (एमाले) मा केही वर्षअघि प्रवेश गर्नुभएका माओवादी नेता रामबहादुर थापासँग आफ्नो तुलना गर्न नसकिने एकजना पत्रकारको प्रश्नको उत्तर उहाँले दिनुभयो । 

उहाँले नेकपा (एमाले) सँग चुनावमा गठबन्धन गराएर जाने विषय असम्भव भएको बताउँदै भन्नुभयो, ‘एमालेसँग हामीले भन्दै आएका कुरा के हो भने विगतका संसद् विघटनदेखि अन्य सबै कामको आत्मसमीक्षा गर्न आवश्यक छ, त्यो नभएसम्म कुनै सहकार्य हुने सम्भावना छैन ।’ 

‘सङ्घमा सिट पाउने दलले प्रदेशमा नलड्ने तथा प्रदेशमा लड्ने दलले सङ्घमा दाबी नगर्ने गरी हामी अघि बढिरहेका छौँ ।’ अध्यक्ष प्रचण्डले आगामी चुनावमा जाँदा सबै दलहरू आ–आफ्नै दलको चुनाव चिन्हबाट लड्ने बताउँदै भन्नुभयो, ‘वामदेवजी र बाबुरामजीले हँसिया हथौडाबाटै चुनाव लड्नुहुन्छ ।

उहाँले गठबन्धन दलहरुबीचमा सिटको सङ्ख्यासहित प्रदेश र क्षेत्र समेत एकै पटक टुङ्गोमा पु¥याउने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता समेत हुन्छ । त्यसका लागि आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाइरहेका छौँ ।’

यसैबीच, राससका अनुसार कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।