• १३ असोज २०८१, आइतबार

लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न एकजना पक्राउ

blog

मंगलबार सवारी चेकजाँचमा बरामद गरिएको गाँजासहित।

रवीन्द्र उप्रेती

बर्दिवास, भदौ ७ गते । प्रहरीले बर्दिवास -१ स्थित पूर्वपश्चिम लोकमार्गबाट नियन्त्रित लागूऔषध गाँजासहित ओसारपसारमा सम्लग्न एकजनालाई पक्राउ गरेका छ ।

प्रहरीले करिब चार किलो तयारी गाँजासहित सर्लाही गोडैता -११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई नियन्त्रणमा लिएको हो । 

जिल्ला ट्राफिक कार्यालय नजिक मंगलबार अपरान्ह आकस्मिक सवारी चेकजाँचका क्रममा  गाँजा बरामद भएको हो ।

बर्दिवास प्रहरीका डीएसपी रवि रावलका अनुसार सर्लाहीबाट जनकपुरतर्फ जाँदै गरेको ग १ ख ९०३० नम्बरको महाकाली डिलक्स बसको तलासीका क्रममा अङ्ग्रेजीमा ‘टाइकून’ लेखिएको साहको झोलाबाट उक्त गाँजा फेला परेको थियो ।