भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक र यातायातको विकास सबैभन्दा महत्वपूर्ण भएको बताउनुभएको छ । आइतबार नेपालगञ्ज – १५ मा जमुनाहादेखि पिप्रहवासम्मको सडक निर्माणको शिलान्यास गर्दै मन्त्री राईले गाउँ गाउँमा सडक र यातायात पु¥याउने सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
डडेल्धुरामा यात्रु बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर र आठ जना घाइते भएका छन् । डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको से १ ज ५०४ नम्बरको जीप आइतबार दिउँसो अमरगढी नगरपालिका–१० ऐरीगाउँमाथिको मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जानकारी दिएको छ ।
श्रम र उमेर विदेशमा खर्चिनु भन्दा स्वदेशमा मिहेनत गर्दा मनग्यै आम्दानी गर्न सकिन्छ भने उदाहरण यहाँका २९ वर्षीय भुवन खराल बन्नुभएको छ । गाउँमा व्यवसायिक कृषिबाट उहाँले कोरियामा भन्दा राम्रो आम्दानी गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीलाई श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरु भीड लागेको छ ।
सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।
झापाको अर्जुनधारा गाउँपालिकामा पर्ने शहीद उड्डयन पार्कको रुपमा चिनिएको राजनीतिक पर्यटकीयस्थल सालबारीमा ‘म्यूजिकल वाटर फाउण्टेन’ को उद्घाटन भएको छ ।
पाकिस्तानमा २४ घन्टायता भएको निरन्तरको वर्षा र त्यसका कारण आएको बाढीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।यहाँका उद्धार अधिकारीहरुले दिएको समाचारअनुसार पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने अन्य सय जनाभन्दा बढी घाइते छन् ।
हरिकृष्ण ऐडीमुगु, भदौ ४ गते । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्ण जन्माष्टमी’ को भाकामा खेलिने देउडा कार्यक्रम मुगुको गमगढी बजारमा शुक्रबार रातिदेखि शनिबार बिहानको १० बजेसम्म चलेर समापन गरिएको छ ।कोरोना न्यूनिकरण भएपछि श्रीकृष्ण जात्रा व्यवस्थापन समितिले स्थानीय रैथाने कला संस्कृतिको प्रदर्शन गर्दै यस वर्षको श्रीकृष्ण अष्टमी मनाएको हो । यस पटक जात्रामा देउडा खेल्नको लागि उल्लेख्य रुपमा छिमेकी जिल्ला हुम्ला र जुम्लाका नागरिकको सहभागिता देखिएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष लोकजंग शाहीले जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्रा.डा. लक्ष्मीबहादुर महर्जनले स्नातकतहदेखि नै व्यावहारिक रुपमा अनुसन्धान गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । शनिबार यहाँस्थित मंगल बहुमुखी क्याम्पसको ‘स्वागत तथा विदाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले अध्ययनलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउन अनुसन्धान अपरिहार्य रहेको बताउनुभएको हो ।
काठमाडौं, भदाै ४ गते । काँडाघारीस्थित अक्षरा स्कुलले 'अक्षरा स्कुल संस्कारण' पाठ्यपुस्तक शुक्रबार विमोचन गरेको छ । वरिष्ठ चिकित्सक प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, डा. भगवान कोइराला, अक्षरा स्कुलका प्रधानाध्यापक अञ्जु भट्टराई र पुस्तककका लेखक डा. राजु अधिकारीले संयुक्त रुपमा विमोचन गर्नुभएकाे हाे। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संस्कारबारे सिकाउन नसकेकाले परीक्षामा राम्राे अंक ल्याएर उत्तीर्ण गरेकाहरू जीवनको परीक्षामा असफल हुने गरेकाे बताउनुहुँदै भन्नुभयाे, ''संसार बदल्ने हो भने पहिला आफैँ बदलिनुपर्छ, त्यसकाे लागि संस्कार जान्नुपर्छ । संस्कारसहितको शिक्षा हुनुपर्छ ।''पुस्तकबारे चर्चा गर्नुहुँदै डा.कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ''अहिले विज्ञान छ, प्रविधि छ, भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मूल्य हुँदैन ।'' स्कुलका संस्थापक एवं प्रधानाध्यापक अञ्जु भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कुल स्थापना गरेको बताउनुभयो । अक्षरा स्कुल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कारयुक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।
राजन रावतहुम्ला, भदौ ४ गते । लाप्चाबाट तिब्बतको मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि नाम्खा गाउँपालिका–१ को लेकधिंगामा क्याम्प खडा गरिएको छ । काठमाडौं हुँदै नेपालगञ्जबाट सिमकोट आउने धार्मिक पर्यटकहरु लेकधिंगासम्म पैदल मार्गबाट जाने भएपछि उक्त क्याम्प खडा गरिएको हो । पर्यटक व्यवसायी विजय लामाले भदौ ६ गतेबाट मानसरोवर कैलाशको दर्शनका लागि पर्यटक आउन सुरु हुने भएपछि धिंगामा क्याम्प खडा गरिएको बताउनुुभयो । उहाँले लेकधिंगामा एक सय जना पर्यटकहरु अट्ने गरी टेण्ट हालेर क्याम्प खडा गरिएको बताउनुुभयो । सो क्षेत्र बास बस्ने अन्य विकल्प नभएपछि बाहिरबाटै टेण्ट लगेर क्याम्प खडा गर्नुपरेको हो । भदौ ६ गते ५० जनाको टोली सिमकोट आइपुग्नेछ भने सोही दिन पैदलमार्गबाट लेकधिंगा बास बस्न जानेछ । लेकधिंगाबाट तुम्लिङसम्म भने पर्यटकहरुका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ । यसका लागि भदौमा पाँच वटा हेलिकोप्टरहरु सिमकोट आइपुग्ने तयारी गरिएको छ । तुम्लिङबाट लाप्चासम्म भने गाडी प्रयोग गर्ने व्यवस्था गरिएको छ । त्यसका लागि सिमकोटमा भएका दशदेखि १२ वटा बोलेरो जीप बुक गरिएको छ । मिति निश्चित नभए पनि अङ्ग्रेजी महिना सेप्टेम्बरमा भारतीय सद्गुरू आउने कार्यक्रम तय भएको उहाँले बताउनुुभयो । उहाँसहित यसवर्ष एक हजारदेखि एक हजार ४०० सम्म धार्मिक पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नुहुनेछ । गतवर्ष भदौ महिनामै उहाँले लाप्चाबाट ५० जना पर्यटकसहित मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । उहाँको यात्रापछि अन्य सात वटा भारतीय तथा अन्य धार्मिक पर्यटकले लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्नुभएको थियो । यसवर्ष सद्गुरूसहित धार्मिक पर्यटक धेरै आउने भए पनि केही दिन अगाडि प्रमुख जिल्ला अधिकारी सीता परियारले सडकको अवस्थाका बारेमा अनुगमन गर्नुभएको थियो ।
सन्तोष राउतसोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।
सिराज खान नेपालगञ्ज, भदौ ३ गते । बाँकेको बैजनाथ गाउँपालिका –५ वनकटुवाको संगमचोक नजिकै तीन सवारी साधन एकआपसमा ठोक्दिाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिनुभयो ।पूर्वपश्चिम राजमार्गमा पर्ने संगमचोक नजिकै शुक्रबार मिनि ट्रक, म्याजिक भ्यान र मोटरसाइकल ठोक्किएका थिए । पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्बरको मिनि ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्बरको म्याजिक भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएका हुन् ।सवारी साधनहरू ठोक्किँदा ट्रक र म्याजिक सडकबाट तल खसेका थिए । दुर्घटनामा परेर म्याजिकका चालक बाँसगढी नगरपालिका –४ का रामबहादुर कुँवरको मृत्यु भएको डीएसपी मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेर अन्य नौ जना घाइते भएका छन् ।घाइतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नेपालमा सूचनाको हक कार्यान्वयन भएको शुक्रबार १६ वर्षमा प्रवेश गरेको छ । नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ लगायतका ऐन कानुन बनेपछि २०६५ सालमा राष्ट्रिय सूचना आयोग स्थापना भएपछि सूचनाको हक लागू भएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।
प्रतीक इच्छुक शर्मासल्यान, भदौ २ गते । बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले भेल खेल्ने चाड मनाएका छन् । यस आसपासका क्षेत्रमा भदौ १ गतेलाई भेल खेल्ने चाड मनाइन्छ । देवस्थलको बनगाड खोलाको मोडदेखि अम्रासम्म तीन किलोमीटर पौडी खेलेर अम्राका १५/२० जना युवाले पौडी खेलेर ‘घिया त्यार हो’ अथवा पौडी खेल्ने चाड मनाएका हुन् । स्थानीय दोर्ण ऐरीले यहाँ हरेक वर्ष सधैँका वर्ष जसरी यस वर्ष पनि मनाएको बताउनुभयो । उहाँका अनुसार चाडपर्वको आगमन जनाउने यो चाड परम्परागत रुपमा मनाइँदै आएको छ । भेल खेल्ने पहिले सल्यानको नाम्रा, घटागाउ बुरेली र अम्रा र सुर्खेतको राकम, ठिग्नी, घोरेरीमा खेल्ने गर्दछन् । पछिल्नो समय भेल खेल लोप हुँदै गएको र यसको संरक्षणमा कसैको चासो गएको छैन । वनगाड कुपिण्डे नगरपालिका नाम्राका युवाले भने हरेक वर्षको भदौ १ गते दिनका उक्त गाउँमा भुइँ छोड्ने भनेर युवाले भेल खेल्ने पर्व मनाउने गरेका हुन् । भदौ १ गतेका दिने युवा भेल खेल्ने र महिला तथा बालबालिका जङ्गल पुगेर पङ्गैको ( पिङ्ग)को लागि कैयार(खर) काटेर ल्याउने चलन छ । कोही जमिन छोड्न भनेर भेरीमा भेल खेल्दै थिए भने अरु पङ्गै खेलेर रमाइरहेका थिए । जङ्गलबाट काटेर ल्याएको कैयार(खर) बुढापाका र युवाले संयुक्त रूपमा डोरी बाटेर पङ्गै निर्माण गर्ने बताइन्छ । अम्राका स्थानीय वृद्धका अनुसार पहिले टाढाटाढाबाट धेरै गाउँका मानिसहरुले भेरीमा भेल खेल्ने आउने गरेको भए पनि अहिले स्थानीय अम्राका युवाले मात्र वर्षाको भेलमा पौडी खेल्ने गरेका छन् ।स्थानीय नरेश एरीले भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वको धार्मिक महत्व रहेको बताउनुभयो । साहित्यकार वीरेन्द्र शाहीले भेल खेल्ने पर्व साहसिक खेल भएको र प्रकृतिसँगको सङ्घर्षबाट प्राप्त ज्ञानका रुपको प्रयोग भएको बताउनुभयोा । उहाँका अनुसार यो खेल सल्यानमा मात्र छ । एक दिन भए पनि जमिन छोड्नुपर्छ मान्यतामा यो खेल जोडिएको छ ।