• ६ साउन २०८१, आइतबार

सप्तरीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा गाँजा बरामद

blog

सप्तरीमा सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा गाजा बरामद, तस्विर– देवरामप्रसाद यादव

देवरामप्रसाद यादव

सप्तरी, भदौ ५ गते । सप्तरीको नाकाहरुमा पछिल्लोपटक सशस्त्र प्रहरीले सक्रियता बढाएपछि तस्करी र अवैध सामानहरु बरामद हुन थालेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा सशस्त्र प्रहरीले कोशी ब्यारेजबाट आइतबार बिहान २४० किलो अवैध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेशकुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा उक्त ठूलो परिणाममा गाँजा बरामद गरेको हो ।