• १४ असार २०८१, शुक्रबार

सबैको पहिचान स्वीकार नगर्दा प्रदेश नामकरण हुन सकेन: नेता कार्की

blog

दमकमा पत्रकारहरुसँग कुराकानीमा नेता कार्की

विष्णुप्रसाद पोखरेल

दमक, भदौ ६ गते । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं नेकपा एमालेको तर्फबाट प्रदेशको नामकरणको विषयमा सहजीकरण गर्न बनाएको कार्यदलका संयोजक हिक्मत कार्कीले प्रदेश १ को नामकरण यो प्रदेश सभाले गर्न नसक्ने अवस्था आएको बताउनुभएको छ । प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्कीले यसमा एमालेसहित सबै राजनीतिक दलहरु चुकेको भन्दै यस्तो बताउनुभएको हो ।

झापाको दमकमा पत्रकार भेटघाट गर्दै मन्त्री कार्कीले अब प्रदेशको नामकरण सम्भव देखिन छाडेको बताउनुहुँदै लामो समय सरकारको रहेको र सबैभन्दा ठूलो दलको हिसाबले यसको नैतिक जिम्मेवार आफूहरु पनि रहेको बताउनुभयो । पछिल्लो समय मुख्यमन्त्री राजेन्द्र राईको अभिव्यक्तिका कारण समस्या भएको समेत उहाँको भनाइ थियो ।

‘‘प्रदेशको नामकरणमा हामी सबैको पहिचानको झल्कने नामको पक्षमा रहेका थियौँ र छौँ तर जातीय पहिचान झल्कने नाम अहिलेको सरकारले ल्याउन खोजेपछि समस्या भएको हो,’’ कार्कीले भन्नुभयो । तीन वर्षभन्दा लामो समय आफूहरुले प्रदेश सरकारको नेतृत्व गरेको र त्यो समयमा प्रदेशका संरचनाहरु निर्माण तथा कोरोना महामारीका कारण ध्यान त्यसमा केन्द्रित गरेकाले नामकरणको विषयमा पर्याप्त छलफल हुन नपाएको कार्कीको भनाइ थियो ।