प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
दिलबहादुर सिंहडोटी, साउन ३० गते । डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएका छन् । सायल गाउँपालिका – ६ रौकलाका शेरबहादुर साउँदका नौ वर्षीया छोरी सीता साउँदको स्थानीय ठुलाखोलाले बगाउँदा बेपत्ता भएका हुन् । सायल गाउँपालिका –६ का वडाअध्यक्ष दीपक साउँदका अनुसार आइतबार आएको अत्याधिक वर्षाका कारण खोला बढेको समयमा खोला पार गर्ने क्रममा खोलाले बगाएको हो । गोरु गोठालो गएको बेला बालिकालाई खोलाले बगाएको हो । अस्थायी प्रहरी पोष्ट कलेनाको प्रहरी टोली र स्थानीयहरुले बेपत्ता बालिकाको खोजी कार्य गरिरहेको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, साउन ३० गते । नेपालस्थित भारतीय दूतावासले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिनुभएको सन्देश पढेर सुनाउनुभएको थियो ।कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, सङ्गीत प्रस्तुत गरिएको थियो ।
सत्ता गठबन्धनको सिट बाँडफाँट सम्बन्धमा बनेको कार्यदलको बैठक सोमबार दिउँसो ४ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलको यसअघि साउन २६ गते बसेको बैठकमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सन्दर्भमा ढाँचा तयार गर्ने सहमति भएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
शान्ता अधिकारी चितवन, साउन २९ गते । रत्ननगर नगरपालिका १६ की एक छ वर्षीया बालिकाको सिँचाइ नहरमा खसेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल के.सीका छ वर्षीया छोरी संस्कृति के.सीको घर नजिकै नहरमा खसेर मृत्यु भएको हो । खेल्दाखेल्दै नहरमा खसेका ती बालिकालाई खोजतलासको क्रममा ४ घण्टापछि अन्दाजी तीन किलोमिटर टाढा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको हो ।घटना जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।
मीना कँडेलकावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृत बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गर्नुभएको थियो ।
लक्ष्मीपुरपतारी वडा नम्बर–६ सीतापुर चोकमा रहेको रामामहन्थी माध्यमिक विद्यालयको दाता महन्थी यादवको मृत्यु भएपछि विद्यालयको शैक्षिक र भौतिक प्रगति लथालिङ्ग भएको छ ।
लीला झापालीबिर्तामोड, साउन २९ गते । झापाको बिर्तामोड नगरपालिका –४ पुरानो बिजुली अफिस छेउबाट अटोमा लागुऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले अटोचालकलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे २ बजेको समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्ताबजारबाट बुट्टावारीतर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोरिक्सालाई रोकी चेकजाँच गर्दा पक्राउ परेकाे हाे । अटोचालक सुनसरी घरभई हाल बिर्तामोड डेरा गरी बस्ने वर्ष ४० को उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।यसैगरी, चौधरीलाई थप सोधपुछ गर्दा सिराह अमरुवा गाउँपालिका -५ घरभई हाल बिर्तामोड नगरपालिका -३ मा डेरा लिई बस्ने प्रतीक्षा चौधरीसमेतको सम्लग्नता रहेको बताएपछि उनको समेत डेरामा खोजतलास गर्दा थप ५ ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरीले जनाएको छ । हाल दुबैलाई आवश्यक कारवाहीका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
फिनल्याण्ड, हेल्सिन्की, साउन २९ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभएको छ । उहाँले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । तीजको अवसरमा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले हेल्सिन्कीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “यहाँहरुले यहाँ बसेर कामलाई पूजा गर्न सिक्नुभएको छ, नेपालमा पनि यो संस्कारलाई सम्मान गर्ने अवस्था सिर्जना गर्नुपर्छ, आत्मविश्वास र स्वाधिनताको भावना बोकेर नेपाल आउनुहोस्, यहाँ जत्तिको पसिना नबगाइकन स्वदेशमै सुखी जीवन बिताउन सकिन्छ ।” नेपालमा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अबको नेपालको उद्देश्य आर्थिक र सामाजिक विकास हो, सबैले शिक्षा, रोजगार, आवास र स्वास्थ्य पाउन सक्ने अवस्था हामीले संविधानमै व्यवस्था गरेका छौँ । यहाँहरू पनि नेपालमा आएर देशलाई समृद्ध बनाउने अभियानमा लाग्नुहोस् ।” विकसित देशका राम्रा कुरा सिकेर आफ्नै देश निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै उहाँले फिनल्याण्डवासीले आर्थिक समृद्धिमा अगाडि बढेजस्तै नेपालीले पनि आफ्नो देशलाई आर्थिकरूपमा सबल बनाउनका लागि विश्वभरका नेपाली लाग्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “प्रकृतिले दिएको साधन र स्रोतलाई उपयोग गरेर समृद्धिको बाटोमा लाग्नुपर्छ । कला, संस्कृतिका हिसाबले पनि अद्वीय नेपालमै राम्रो काम गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ ।” कृषि, जलस्रोत र पर्यटनको विकास तथा प्रवद्र्धन गरेर नै नेपाल समृद्ध बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले नेपालले पछिल्लो समय विद्युत् निर्यात गरेर राम्रो आम्दानी गर्न थालेको जानकारी दिनुभयो । मन्त्री भुसालले आफूले कृषियोग्य जमिनमा सिँचाइ पु¥याउने लक्ष्यका साथ अगाडि बढेको र आगामी दिनमा पूरा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो देशको उर्वराभूमि, प्राकृतिक सम्पदा एवं साधन स्रोत सम्झेर सबै नेपालीलाई नेपाल फर्कन आग्रह गर्दछु ।” नेपाली समाजलाई एकीकृत गरेर आफ्ना हक अधिकारका लागि अगाडि बढ्न सुझाव दिँदै मन्त्री भुसालले भन्नुभयो, “फिनल्याण्डमा बस्ने नेपालीहरू एकीकृत हुनुपर्छ, आफ्ना अधिकारलाई सुनिश्चित गर्नका लागि सामूहिक पहल गर्नुपर्छ । विदेशमा बसेर आफूहरूबीच नै विभाजनको मनस्थिति राख्नु हुँदैन, राजनीति गर्न हुँदैन ।” उहाँले काउन्सुलर अफिस स्थापना गरेर नेपालीलाई भिसाका लागि हुने समस्यालाई समाधान गर्न पहल गर्ने विश्वास दिलाउनुभयो । मन्त्री भुसालले युरोपेली सङ्घभित्रको फिनल्याण्डमा राजनीतिक तथा प्रशासनिक काममा महिला अगाडि बढेको अवस्थालाई अनुशरण गर्दै नेपाली महिलाले पनि आफ्ना क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि फिनल्याण्डमा सक्रिय रहेको गुल्मी÷रुपाकोट समाजका अध्यक्ष भक्तिराम भण्डारीले नेपालीलाई फिनल्याण्डमा बसोबासका लागि कुनै पनि समस्या नभएको बताउनुभयो । उहाँले नेपाल र फिनल्याण्ड आवतजावतका लागि भिसा प्रक्रियाका लागि अर्को देश जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नुयभो । कार्यक्रममा पाँच सयभन्दा बढी नेपालीको सहभागिता थियो । जलवायु परिवर्तनको असरबाट उत्पन्न हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिम कम गर्ने विषयमा नेपाल सरकार र फिनीस सरकारबीच हुँदै आएको सहकार्यको निरन्तरता एवं उच्चस्तरीय अध्ययन तथा छलफलका लागि मन्त्री भुसालसहित जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईसहित उच्चस्तरीय टोली फिनल्याण्ड आएको छ ।
जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा यो पर्व नेवाः समुदायले विशेष रुपमा मनाउने गर्छन् ।
गोरखाको गण्डकी गाउँपालिका अध्यक्षले पहिलो महिनाको सेवा सुविधा विद्यालयलाई हस्तान्तरण गर्नुभएकाे छ । गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले आफ्नो पहिलो महिनाको सेवा सुविधा वडा नं. ७ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयका प्रधानाध्यपक दिलबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो ।