कविराज घिमिर धनकुटा, साउन २५ गते । बजारमा म्याद गुज्रेका खाद्य सामाग्री रहेको, मूल्यवृद्धि गरेको गुनासोको आधारमा धनकुटामा बजार अनुगमन गरिएको छ । बुधबार केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ, धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिएको छ भने मूल्य सूचि अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तीले बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु विक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरेकामाथि कडाइ सुरु गरेको जनाएको छ ।
हालसम्म विश्वका ८० भन्दा बढी देशमा मङ्कीपक्सका २४ हजारभन्दा बढी बिरामी भेटिएका छन् । विश्व स्वाथ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्कअनुसार ९७.५ प्रतिशत सङ्क्रमण यौनिक तथा अल्पसङ्ख्यक समुदायबाट सरेको पाइएको छ । सङ्क्रमित मध्ये ३७.६ प्रतिशतमा एचआइभी पोजिटिभ देखिएको छ । त्यसैगरी, स्वास्थ्यकर्मीमा १३.५ प्रतिशत सङ्क्रमण देखिएकाे छ।
परवानीपुर–सुख्खा बन्दरगाह सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकमा रोकिराखेको एक भारतीय नम्बरको मालवाहक ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गणको प्रहरी टोलीले १४३ किलो पाँच सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।
रेखीराम रानापाल्पा, साउन २५ गते । राष्ट्रिय भूमि आयोगले पाल्पाका थप पाँच वटा पालिकामा काम सुरु गरेको छ । जिल्लाको पूर्वखोला, निस्दी, बगनासकाली, रिब्दीकोट र रम्भा गाउँपालिकामा आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको हो । आयोग र पालिकाबीच सम्झौता भएपछि तथ्याङ्क सङ्कलनको काम प्रारम्भ गरिएको आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । यसअघि तानसेन, रामपुर, माथागढी, रैनादेवी छहरा र तिनाउमा सम्झौतापछि काम सुरु भइसकेको उहाँले बताउनुभयो । पाल्पाका बाँकी पाँच वटा पालिकासँग सम्झौतापछि भूमिहीन, सकुम्बासी तथा दलितको तथ्याङ्क सङ्कलन गरेर इन्ट्री गरिने उहाँले जानकारी दिनुभयो । ती पालिकामा अव्यवस्थित बसोबाससमेत रहेको जानकारी प्राप्त भएकाले अव्यवस्थित बसोबासको समेत निवेदन माग गरिनेछ । थपिएका पाँच वटा पालिकामा लालपूर्जा वितरणको लागि काम तीव्र रुपमा अगाडि बढाइने र तीन/चार महिनाभित्रै आयोगले तोकेको मापदण्डअनुसार लालपूर्जा वितरण गरिने आयोजकका सदस्य हरिता थापामगरले जानकारी दिनुभयो । पाल्पा जिल्लामा हालसम्म रामपुर नगरपालिकाभित्रका ८८२ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलन, फिल्ड बुक तयार, जग्गा नापजाँच, नक्सा तयार भएको छ । उनीहरूको नाममा तयार लालपूर्जा वितरणका लागि हकदावी सम्बन्धी सूचना प्रकाशित गरेर लालपूर्जा वितरणको काम गरिने जिल्ला अध्यक्ष गैरेले बताउनुभयो । माथागढीको विभिन्न स्थानमा यसअघिका आयोगले वितरण गरेका दुई सय २५ जनाको लालपूर्जाको फिल्डबुक तयार, जग्गा नापजाँच तथा नक्सा तयार गर्ने कार्य भइरहेको छ । आयोगका अनुसार पाल्पाको तानसेन नगरपालिकाभित्रका ११२ भूमिहीन दलित, १९९ भूमिहीन सुकुम्बासी तथा एक हजार ११२ व्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको छ । यस्तै, रामपुर नगरपालिकाको थप ८२ जना भूमिहीन दलित, ९१ जना भूमिहीन सुकुम्बासी तथा एक हजार ६७० अव्यवस्थित बसोबासको निवेदन प्राप्त भएको छ । माथागढीमा भूमिहीन दलित ४२, भूमिहीन सुकुम्बासी २३ तथा एक हजार दुई सय पाँच व्यवस्थित बसोबासको निवेदन आएको भूमि आयोग जिल्ला समितिले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकामा हालसम्म भूमिहीन दलित १२, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास गर्ने एक हजार ४० जनाको निवेदन परेको छ ।
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपालगञ्ज, साउन २५ गते । सीमा पारीबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न कडा रुपमा प्रस्तुत भइरहेको सशस्त्र प्र्रहरीले एकै पटकमा ६० लाख रुपियाँको अवैध सामान बरामद गर्न सफल भएको छ । गत केही समयदेखि सशस्त्र प्रहरीले जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको थियो । सोही अभियान अन्तर्गत सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको नेतृत्वमा खटिएको सात जनाको टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ हात्तिसारबाट उक्त अवैध सामान बरामद गरेको हो ।भे १ ख ३५८८ नम्बर को ट्रकलाई शंका लागेर जाँच गर्दा बिल विजक नभएको ५९ लाख ४० हजार मूल्य बराबरको अवैध सामान बरामद भएको सशस्त्र प्रहरीका एसपी जनक बस्नेतले बताउनुभयो । सीमा पारी भारतबाट ल्याएर भन्सार राजस्व छलेर सुर्खेत लैजाँदै गरेको अवस्थामा उक्त ट्रकलाई खानतलासी गर्दा चिनी १०० बोरा, चामल ३०० बोरा, सुपर पावर सुर्ती २९ बोरा र लेडिज सुट १०० थान फेला परेको एसपी बस्नेतले बताउनुभयो । ट्रकसँगै चालक दैलेखको गुराँसे गाउँपालिका वडा नं. ४ बस्ने २७ वर्षीय गौरव गिरी र सहचालक दैलेखको दुल्लु नगरपालिका वडा नं. १२ बस्ने २१ वर्षीय अर्जुन रावतलाई पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रंहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले जनाएको छ । पछिल्लो समयमा आएर सीमा पारीबाट तस्करी र अवैध सामानको आयात बढ्दै गएकाले एकातिर राजस्व संकलनमा समेत प्रभाव परेको छ भने अर्कोतिर अवैध गतिविधि बढ्दै गएको पाइएको छ ।
पविता पौडेल रुपन्देही, साउन २५ गते । सैनामैना नगरपालिका -१ बनकट्टामा ३० करोडको लागतमा सुविधाजन्य ज्येष्ठ नागरिकग्राम बन्ने भएको छ ।प्रदेश सरकारबाट बजेट स्वीकृत भइसकेको सैनामैना नगरपालिकाका इन्जिनियर सुुरज न्यौपानेले जानकारी दिनुभएको हो । बहुवर्षे योजनामा परेको उक्त ज्येष्ठ नागरिक ग्राममा १ ,२ र ३ बल्कहरु हुनेछन् । सो ग्राममा मेडिकल बल्क, ठूलो सभाहल र मन्दिर पनि बनाइनेछ । उक्त जग्गामा ग्रामको लागि पर्खाल लगाइसकेको छ ।उहाँका अनुुसार ग्राम बन्नका लागि सैनामैना नगरपालिकाको संयोजनमा ६ बिघा १० कठा १७ धुर जग्गा उपलब्ध भएको छ ।नगरपालिका प्रमुख फडेन्द्र शर्माले ग्रामसँगै सैनामैना -१ पिपलडाडाँमा छिट्टै ट्रमा सेन्टर पनि बन्न लागेको जानकारी गराउनुभयो । ट्रमा सेन्टरको लागि पनि बजेट स्वीकृत भइसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो ।
यत्रतत्र घर ढलेका छन्, नढेलेका घर पनि जीर्ण अवस्थामा रहेका छन् । झाडीले घर ढाकेको छ, सडकको पिच उप्केको छ । यो चित्रण हो, भारतसँग सीमाना रहेको दाङ देउखुरी उपत्यकाको कोइलाबासको ।
सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने मुख्य राजमार्गमा सडक डिभिजन कार्यालयले १५ करोड रकम खर्च गरेर मर्मत गरेपछि सडक सुचारु भएको छ । सेती र महाकाली राजमार्ग पूर्ण रुपमा सुचारु रहेको सडक डिभिजन कार्यालय डोटीका ईञ्जिनियर योगेन्द्र अधिकारीले जानकारी दिनुभएको हो ।
राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले सबै प्रदेशमा एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माणको गर्ने घोषणाअनुसार सो प्रक्रिया थालनी भएको हो ।
सावर एक प्रकारको विशिष्ट किसिमको छाला हो । सावर गाई, गोरु, राँगा, भैँसी, मृग, रतुवा वा अन्य चौपायाको बनाउन सकिन्छ । काल गतिले मेरेका होस् वा शिकारीले शिकार गरेका हुन् । शरीरबाट छाला निकालेर खाडलमा राखेर प्रसोधन गरेपछि सावर बन्छ । तर सर्वोत्कृष्ट सावर मृग अथवा रतुवाको बन्छ ।
राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।
रमेश विश्वकर्मा गुल्मी, साउन २४ गते । गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । जिल्लास्तरीय छनाेट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । हालसम्म सात स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी पाँच स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनाेट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको उपाध्यक्ष जिसीले बताउनुभयो ।गुल्मी जिल्लाबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिण्टनलगायत १९ वटा खेलमा प्रदेश खेलकुद परिषद, लुम्बिनीलाई माग गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरीय छनाेट प्रतियोगितामा सहभागी भई छनाेट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।
पछिल्लो समय स्तनपान गराउनेको घट्दै स्तनपान गर्नेको सङ्ख्या घट्दै गएको छ । तथ्याङ्कअनुसार २०१४ मा ४९ प्रतिशत रहेको स्तनपान घटेर २०१९ मा आउँदा ४२ प्रतिशतमा झरेको छ ।