• १५ चैत २०८०, बिहिबार

लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

blog

रसुवा, साउन २८ गते । रसुवा जिल्लाको गोसाइँकुण्ड गाँउपालिका -५ स्थित गोसाइँकुण्ड तीर्थबाट साउन २७ गते घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  

बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका -८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका -३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् । 

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उहाँहरुलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाई पठाइएको छ ।