सावर एक प्रकारको विशिष्ट किसिमको छाला हो । सावर गाई, गोरु, राँगा, भैँसी, मृग, रतुवा वा अन्य चौपायाको बनाउन सकिन्छ । काल गतिले मेरेका होस् वा शिकारीले शिकार गरेका हुन् । शरीरबाट छाला निकालेर खाडलमा राखेर प्रसोधन गरेपछि सावर बन्छ । तर सर्वोत्कृष्ट सावर मृग अथवा रतुवाको बन्छ ।
राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।
रमेश विश्वकर्मा गुल्मी, साउन २४ गते । गुल्मीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन तीव्र तयारी भइरहेको छ । गण्डकी प्रदेशको पोखरामा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागी गराउने उद्देश्यले जिल्लास्तरीय छनाेट प्रतियोगितालाई प्रभावकारी बनाउन जिल्ला खेलकुद विकास समिति पालिका स्तरमा पुगेको छ । जिल्लास्तरीय छनाेट प्रतियोगिता तयारीका लागि अनुमानित खर्च विवरणसहितको प्रस्तावना जिल्लाका १२ वटै स्थानीय तहमा पुगेर पेश गरिने जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो । हालसम्म सात स्थानीय तहका प्रमुख, उपप्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरुलाई प्रस्तावना पेश गरिएको छ । बाँकी पाँच स्थानीय तहमा पनि छिट्टै प्रस्तावना पेश गर्ने बताइएको छ । प्रस्तावना पेश गर्दै पालिकाबाट जिल्लास्तरीय छनाेट प्रतियोगितामा खेलाडीहरु सहभागी बनाउन आग्रह गरिएको उपाध्यक्ष जिसीले बताउनुभयो ।गुल्मी जिल्लाबाट भलिबल, फुटबल, क्रिकेट, ब्याडमिण्टनलगायत १९ वटा खेलमा प्रदेश खेलकुद परिषद, लुम्बिनीलाई माग गरिएको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो । उहाँले जिल्लास्तरीय छनाेट प्रतियोगितामा सहभागी भई छनाेट भएका खेलाडीहरुलाई समयानुकूल बन्द प्रशिक्षणको व्यवस्था मिलाउने बताउनुभयो । कराँते, फुटबल, भलिबल, खो खो, तेक्वान्दो, बक्सिङ्ग खेलका प्रशिक्षकहरु यस जिल्लामा उपलब्ध गराइदिन प्रदेश खेलकुद परिषदमा माग गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरीप्रसाद महाकिमले जनाकारी दिनुभयो ।
पछिल्लो समय स्तनपान गराउनेको घट्दै स्तनपान गर्नेको सङ्ख्या घट्दै गएको छ । तथ्याङ्कअनुसार २०१४ मा ४९ प्रतिशत रहेको स्तनपान घटेर २०१९ मा आउँदा ४२ प्रतिशतमा झरेको छ ।
झापामा छुट्टाछुट्टै भएका दुई वटा दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । एकजना मोटरसाइकलबाट झर्ने क्रममा र अर्को एक जनाको साइकलबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ ।
साउन महिनाको चौथो सोमबारको बोलबम भक्तजनहरुले सुन्दरीजलमा महास्नान सम्पन्न गरेका छन् ।
विश्व सम्पदमा सूचीकृत बसन्तपुर दरबारको परावर्तित दृश्य
प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बजेदेखि शुरू बैठकमा महाभियोगको प्रस्तावबारे छलफल भइरहेकाे छ ।
अफगानिस्तानको उत्तरी जज्जान प्रान्तमा मध्य जुनदेखि फेलिएको हैजाको प्रकोपका कारण १८,००० भन्दा बढी सङ्क्रमितहरूमध्ये कम्तीमा १२ जनाको मृत्यु भएको प्रान्तीय स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन्।
माल्दिभ्स सरकारले एक-चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भेटवार्ता गर्नुभएको छ ।
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पष्पकमल दाहाल 'प्रचण्ड' जापान भ्रमणका क्रममा आइतबार हिरोसिमा शहरमा पुग्नुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा चुनावी तालमल हुने सहमति बनेपछि गठबन्धनभित्र सिट बाँडफाटको गृहकार्य भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये दलहरुमा सिट भागबण्डा गरेर आगामी निर्वाचनमा जानेमा गठबन्धनका दलहरु छन् । प्रतिनिधिसभाको समानुपातिक निर्वाचत अन्तर्गत ११० सिटमा प्रतिस्पर्धा हुँदैछ ।
भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।
जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको –१ को मुक्तिकोटको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।