कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा बुद्धुभूमि नगर पालिकाको गौरवको आयोजनाको रुपमा सो डुङ्गा सञ्चालन गरिएको हो ।
छिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढेसँगै अस्पतालमा बिरामीको भीड बढ्न थालेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । हाल विदेशी मुद्रा सञ्चिति संकुचन भइरहेको र मुद्रास्फिति आकासिएको अवस्थामा मौद्रिक नीति सार्वजनिक हुँदा विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।
अविरल वर्षाका कारण पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु र तीन जना अझैँ बेपत्ता रहेका छन् । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घमबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नवीन विकको मृत्यु भएको हो ।
दुई दिन अघिदेखिको लगातारको वर्षापछि हुन सक्ने नदी कटान र डुबानलाई दृष्टिगत गर्दै चितवन नवलपुर क्षेत्रको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सार्वजनिक अपिल गरेको छ ।
कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका १०९ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तर्गत विद्यालयमा नर्स राखिने भएको हो । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले यस कार्यक्रमले लिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवीहरु, धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा बेवास्ता गरिरहेको बताउनुभएको छ । मंगलबार प्रशुति गृह थापाथलीमा ‘बेबी मिल्क बैंक’ स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा बागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।
सखुवानन्कारकटि गाउँपालिका वडा नम्बर –१ मैवाहीका ४०१ बालबालिकाको निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । साउन १६ गते सोमबार सम्पन्न शिविरमा मोबाइलको बढी प्रयोग गर्नाले बालबालिकाको आँखामा समेत असर परेको चिकित्सकहरुले बताएका छन् ।
प्युठानमा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। घटनास्थलमै एक र उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेट भएको छ ।
खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ता केन्द्रबिन्दु बनाएर आज बिहान ८ बजेर १३ मिनेट जाँदा म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले गोरखापत्र अनलाइनलाई सो जानकारी दिनुभएको हो ।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य सुधारोन्मुख रहेको जनाइएको छ । समाजवादी नेताका रुपमा चिनिने गिरीका स्वकिय सचिव कृष्ण खनालले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिनुभयो ।
चीनको उत्तरपूर्वी लिओनिङ प्रान्तमा आएको भारी वर्षा र बाढीका कारण झण्डै ८० हजार मानिस प्रभावित भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो ।