सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ ।
पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।
जिल्ला समन्वय समिति बाजुराको प्रमुखमा नेकपा एमालेका तुलसीराम रोकाया निर्वाचित हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि नेकपा एमालेकै लाछु सार्की, खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी, लालबहादुर महतरा निर्विरोध निर्वाचित हुनुभएको हो ।
साहित्यकार तेजराज खतिवडा (तेराख)को कृतित्व र जीवनी झल्काउने स्मृतिग्रन्थ प्रकाशित भएको छ । मेचीनगर–९ स्थित तेराख प्रतिष्ठानले प्रकाशित गरेको स्मृतिग्रन्थको प्राडा. टङ्क न्यौपाने, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले शनिबार सो कृतिको लोकार्पण गर्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताउनुभएको छ । नेपाली कांग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गर्नुभयो ।
अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सितगंगा नगरपालिका वडा नं=१२ मा रहेको कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा मालारानी गाउँपालिका वडा नं. ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास गर्ने अन्दाजी २० वर्षीय विक्रम खनालको मृत्यु भएको हाे ।
नेपाली कांग्रेस, मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखिकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सुरु भएको छ ।
फरक क्षमता भएका ऊर्जावान व्यक्तिलाई रोजगारको अवसर दिलाउने उद्देश्यले त्यस्ता अपाङ्गता भएका व्यक्ति र रोजगारदातालाई एकै थलोमा भेला गराउन यहाँ रोजगार सम्मेलन (इम्प्ल्यायरर्स मिट) २०२२ को आयोजना गरिएको छ ।
कोभिडको महामारी अति नै चरम अवस्थामा पुगेको बेला दिनरात खटिएर भूमिका निर्वाह गर्ने बाँकेका चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । बाँके युनेस्को क्लबले आफ्नो ३३ औँ साधारणसभा र १० औँ अधिवेसनको अवसरमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मानित गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यस्थिति सामान्य रहेकाे बताइएकाे छ । हिजो सामान्य चक्कर आएपछि उहाँ वीर अस्पतालमा उपचारको लागि जानुभएको थियो ।
मध्य नाइजेरियामा अज्ञात समूहले एकै परिवारका पाँच जनाको बीभत्स हत्या गरेको छ । बन्दुकधारीहरूको अज्ञात समूहले पठार राज्यको एक समुदायमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा काँग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताउनुभएको छ । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्नेकुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताउनुभएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको महसुस गर्ने गरी काम हुन नसक्दा संघीयताप्रति जनताले प्रश्न उठाउनु स्वभाविक भएको बताउनुभएको छ ।
सर्लाहीको पर्सा गाउँपालिकामा ४८ दिनदेखि बेपत्ता एक महिलाको हत्या गरी खेतमा गाडेको अवस्थामा शव फेला परेको छ । जिल्लाको दक्षिणी भेगस्थित भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका–१, शीतलपुरकी २० वर्षीया निशा यादव हराएको ४८ दिनपछि उहाँको शव फेला परेको हो ।
कर्णाली प्रदेशको सुर्खेतमा रहेको प्रदेश अस्पताल र जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक जिल्लाका अस्पताल मध्ये जिल्ला अस्पताल दैलेख उत्कृष्ट भएको छ ।